बैंक तथा वित्तीय संस्थाको सञ्चालक र सिईओको योग्यता संशोधन
सोमबार, १० वैशाख २०७५, १७ : २५
काठमाडौं–नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सञ्चालक र कार्यकारी अधिकृतको योग्यतामा पुर्नविचार गरेको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ मा सञ्चालकले स्नातकोत्तर पास गरेको हुनुपर्ने भनिएपनि अब स्नातक मात्र गरेको भएपनि मान्य हुने भएको छ । यस्तै प्रमुख कार्यकारी अधिकृत (सिइओ) को हकमा पनि स्नातक वा सो सरहको उपाधी मान्य हुने राष्ट्र बैंकले जनाएको छ ।
सोमबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवाश्यक योग्यता तथा कार्यानुभाव सम्बन्धी विनियमावली २०७४ को विनियम ३ को खण्ड ख को उपखण्ड इ लाई संसोधन गरेको जनाउँदै स्नातक वा सो सरह उपाधी हासिल गरेको हुनुपर्ने बनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
बाढीका कारण तान्जानियामा १५५ जनाको मृत्यु
-
चिनीभन्दा खतरनाक हुन्छ कृत्रिम गुलियो
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए
-
सङ्घको राजनीतिक उथलपुथलको मारमा प्रदेश सरकार
-
बिहेमा पड्काएको पड्काले घर जल्दा एकै परिवारका ६ जनाको मृत्यु