दुई चेपाङ बिद्यार्थीका अभिभावक बने मन्त्री लामा
चितवन–प्रदेश नम्बर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा दुई बिद्यार्थीका अभिभावक बनेका छन् ।
उनले सोमवार चितवनका दुईजना चेपाङ विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै उनीहरूलाई राप्ती नगरपालिका १० को सोमिटार माविमा भर्ना गरिदिएका हुन् । राप्ती नगरपालिका १० कावरकी ६ बर्षकी निशा प्रजा र सोही ठाँउका ५ बर्षका सुजन प्रजालाई कक्षा १ मा मन्त्री लामाले भर्ना गरिदिएका छन् ।
उनले ती विद्यार्थीहरूको अभिभावकत्व ग्रहण गर्दै विद्यालय पोशाक, पाठ्यपुस्तक समेत उपलव्ध गराएका छन् । निशा र सुजन अति विपन्न चेपाङ परिवारका बालबालिका हुन् । उनिहरुका अभिभावकले दैनिक ज्यालादारी काम गरेर घरखर्च चलाउने गरेका छन् ।
भर्नापछि उनिहरुको अभिभाकत्व ग्रहण गरेको मन्त्री लामाले बताए । दुई चेपाङ विद्यार्थीहरूलाई स्कूलमा लाग्ने सम्पूर्ण खर्च आफूले व्यहोर्ने मन्त्री लामाले जानकारी दिए । लामाले प्रदेश ३ सरकारले पनि विद्यार्थी भर्ना अभियानलाई निकै महत्व दिएर काम गरिरहको बताए ।
शिक्षाबिना विकास र समृद्धि सम्भव नभएको भन्दै उनले शिक्षाको उज्यालोबाट सबै वालवालिका बञ्चित हुन नहुने धारणा व्यक्त गरे । मन्त्री लामाले चेपाङ लगाएतका अति विपन्न परिवारका बालबालिकालाई नियमित विद्यालय ल्याउन सबैले आ–आफ्नो ठाँउबाट भूमिका खेल्नुपर्ने बताए ।
शिक्षा मन्त्रालयले ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने नाराका साथ नयाँ भर्ना अभियान सञ्चालन गरिरहेको छ । सोमिटार माविमा आधिकांस चेपाङ र तामाङ समुदायका बालबालिका अध्ययन गर्दै आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण