शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रत्येक नेपालीको थाप्लोमा थपियो २ हजार ऋण

सोमबार, १० वैशाख २०७५, १७ : ०९
सोमबार, १० वैशाख २०७५

काठमाडौँ– नेपालीको कूल ऋण रु दुई हजार ११४ ले बढ्न गएको छ ।  आर्थिक वर्ष २०७३/७४ मा प्रतिव्यक्ति ऋण रु २२ हजार १२९ रहेकामा यस वर्ष बढेर रु २४ हजार २७६ पुगेको हो । महालेखा नियन्त्रक कार्यालयले पेस गरेको विवरणमा आव २०७३/७४ सम्म सरकारको कूल ऋण दायित्व रु ६ खर्ब ९७ अर्ब ६९ करोड रहेको छ । 

आन्तरिक ऋण रु दुई खर्ब ८३ अर्ब ७१ करोड रहेको छ । यस्तै वैदेशिक ऋण रु चार खर्ब १३ अर्ब ९८ करोड रहेको छ । उक्त ऋण आव २०७३/७४ को कूल गार्हस्थ्य उत्पादनको २६.८४ प्रतिशत रहेको हो । त्यसमा आन्तरिक ऋण १०.९१ प्रतिशत र वैदेशिक ऋण १५.९३ प्रतिशत रहेको छ । 

कूल जनसंख्या दुई करोड ८७ लाख २९ हजारलाई आधार मान्दा यस वर्षसम्म प्रतिव्यक्ति कूल ऋण दायित्व रु २४ हजार २७६ रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप