आई.एम.एस्. ग्रुपले मनायो २६ औं वार्षिकोत्सव
काठमाडौं–आई.एम.एस्. ग्रुप आफ्नो स्थापनाको २६ औं वर्षमा प्रवेश गरेको छ । विश्वकै नम्बर १ मोबाइल फोन ब्राण्ड सामसुङ र कोरियन गाडी स्याङ्योङ मोटर्सको नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता, आई.एम.एस्. ग्रुप अन्तर्गत अन्य २० कम्पनीहरु रहेका छन् । आई.एम.एस्. ग्रुपले वैशाख ७ गते राजधानीको राष्ट्रिय सभागृह २६ औं वार्षिकोत्सव मनाएको थियो ।
उक्त कार्यक्रम ग्रुपका अध्यक्ष दीपक मलहोत्रा, गु्रपका दिरेक्टर विमल सावर्थिया सिइओ डिकेश मलहोत्रा, ३ सय भन्दा बढी कर्मचारी लगायत अन्यको सहभागिता थियो । कार्यक्रममा ग्रुपका कर्मचारीद्वारा ट्यालेन्ट शो, मनोरञ्जनात्मक खेल, हाजिरी जवाफ प्रतियोगिता प्रदर्शन गरिएको थियो भने विजयी कर्मचारीहरुलाई पुरस्कार पनि वितरण गरिएको थियो । त्यसै गरी केही कर्मचारीहरुले विभिन्न विधा अन्तर्गत उत्कृष्ट एवं उल्लेखनीय कार्य सम्पादन गरे बापत पुरस्कृत पनि गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै दीपक मलहोत्राले ग्रुप सबै कर्मचारीहरुले लगनशीलता एवं इमानदारिताका साथ आफ्नो कार्य गरेकोले नै ग्रुपले २६ औं बसन्त सफलताका साथ प्रवेश गरेको बताए ।
सम्पूर्ण कर्मचारी, ग्राहक वर्ग एवं अन्य शुभेच्छुकलाई ग्रुपलाई निरन्तर सहयोग र न्यानो माया गरेको उनले धन्यवाद पनि व्यक्त गरे । यसै गरी मलहोत्राले आगामी दिनहरुमा ग्राहक केन्द्रित सेवा मार्फत सफलताका नयाँ उचाइहरु आई.एम.एस्. ग्रपले चुम्दै जाने प्रतिबद्धता पनि व्यक्त गरे ।
आइएमएस ग्रुप विगत २६ वर्षमा क्रमिक रुपमा विकसित हुँदै र झनै विस्तारित हुँदै आएको छ जुन कम्पनीको ब्यानरमा रहेका विभिन्न उत्कृष्ट कम्पनीहरुबाट स्पष्ट हुन्छ ।
विगत ५ वर्षमा ग्रुप आयको अधारमा ५ गुणाले वृद्धि हुँदै देशभरमा आफ्नो उपस्थिति बढाउन पनि सफल भएको छ र हाल यस अन्तर्गत कुल १२ वटा कम्पनीहरु रहेका छन् । टेक्नोलोजी र आर्थिक पक्षहरुमा सकारात्मक परिवर्तन ल्याई देशको उत्पादकत्व बढाउन तथा रोजगारीका अवसरहरु सिर्जना गर्न कम्पनी सधैं नै केन्द्रित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते