शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ढुंगा अड्याउने प्रतियोगितामा देखियो अद्भुत कला (फोटोफिचर)

सोमबार, १० वैशाख २०७५, १४ : ५७
सोमबार, १० वैशाख २०७५

डनवर । स्कटल्याण्डको डनवरमा युरोपियन स्टोन स्टाकिङ च्याम्पियनसीप आयोजना गरिएको छ ।

यो वर्ष अस्ट्रियादेखि स्पेनसम्मका प्रतियोगीहरुले भाग लिएका थिए ।

पहिलो वार्षिक स्टोन स्टाकिङ प्रतियोगिता गत वर्ष आई केभ विचमा आयोजना गरिएको थियो ।

यो प्रतियोगितामा विभिन्न तरिकाले ढुङ्गाहरुलाई एकमाथि अर्को राखेर अड्याउने गरिन्छ । यहाँ गुरुत्वाकर्षकणको मात्र प्रयोग गरेर ढुङ्गा अड्याउन पाइन्छ ।

यो वर्षको प्रतियोगिता २१ र २२ अप्रिलका दिन आयोजना गरिएको छ ।

यस वर्ष पनि गत वर्षझैँ स्पेनका पेड्रो डुरानले जिते ।

उनले आगामी वर्ष अमेरिकाको टेक्सासमा हुने वर्ल्र्ड स्टोन ब्यालेन्स च्याम्पियन्सीपमा भाग लिन आर्थिक सहयोग प्राप्त गरेका छन् ।

हेरौँ केही तस्विर :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप