शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माछापुच्छ्रे बैंक र टर्कीको युनिभर्सल पेमेन्टबीच सम्झौता

सोमबार, १० वैशाख २०७५, १४ : १५
सोमबार, १० वैशाख २०७५

काठमाडौं– माछापुच्छ्रे बैंक र टर्कीस्थित युनिभर्सल पेमेन्ट ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट कामू प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र युनिभर्सल पेमेन्ट ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक समिति सदस्य शेरहन काभीले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतासंगै टर्कीबाट नेपालरेमिट्यान्स भित्र्याउने माछापुच्छ«े बैंक पहिलो बैंक भएको छ । 
युनिभर्सल पेमेन्ट ट्रान्सफर टर्कीस्थित अक्टिफ बैंकको पूर्ण स्वामित्वमा रहेको रेमिट्यान्स कम्पनी हो । यसको टर्कीमा मात्र ४,७०० भन्दा बढी ग्राहक सेवा केन्द्र रहेका छन् । ग्राहकको सन्तुष्टि र ग्राहक सेवामा समर्पित भएको हुँदा युनिभर्सल पेमेन्ट ट्रान्सफर विश्वभरिनै पैसा पठाउन धेरै मानिसहरुको रोजाइमा पर्ने कम्पनी हो । 

यो सम्झौतासंगै टर्कीमा कार्यरत करिब १२ हजार नेपालीहरुले छिटो, छरिटो र सुलभ तरिकाले पैसा पठाउन सक्ने र टर्कीबाट युनिभर्सल पेमेन्ट ट्रान्सफर रेमिटमार्फत स्वदेशमा पठाएको रकम माछापुच्छ«े बैंकका सबै शाखाहरु मार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

बैंकका ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १८ शाखा रहित बैंकिङ्ग  सेवा समेत गरी  जम्मा ८४ स्थानबाट ग्राहकलाई सम्पूर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै बैंकको देशभर ८६ वटा एटिएमहरु सञ्चालनमा रहेको बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप