बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

किड्स क्यापिटलका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट

सोमबार, १० वैशाख २०७५, १२ : ५०
सोमबार, १० वैशाख २०७५

काठमाडौं– टिएस फिल्मस्ले बालबालिकाहरुको सौन्दर्य प्रतियोगिता ‘किड्स क्यापिटल–२०१८’ आयोजना गर्दैछ । प्रतियोगिताका लागि छनोट भएका बालबालिकाहरुले काठमाडौंमा आयोजित एक समारोहमा आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । ट्यालेन्ट शोको क्रममा उनीहरुले अभिनय, नृत्य, गायन, कविता वाचन, वक्तृत्वकला, खेल कौशल प्रदर्शनसहित आफ्नो प्रतिभा प्रदर्शन गरेका हुन् ।

ट्यालेन्ट शोमा प्रस्तुत गरिएका प्रतिभालाई कोरियोग्रँफर गम्भिर विष्ट, गायिका मिलन अमात्य, हास्य अभिनेता गोपाल ढकाल छन्दे, अभिनेताद्वय बिनोद न्यँैपाने र सञ्जित भण्डारी, ब्युटिसियन रुसुका वैद्यले मूल्यांकन गरेका थिए ।

ट्यालेन्ट शोमा सहभागि भएका प्रतिस्पर्धि बालबालिकाहरु असहाय बालबालिकाहरुसंगको अन्तरक्रियामा पनि सहभागि भए । नया“ नेपाल समाजमा आश्रित असहाय बालबालिकाहरुसंग अन्तरक्रिया गर्ने क्रममा किङकम स्र्पोट्स क्लबका अध्यक्ष राजेश खड्गीले समाजका अध्यक्ष कृष्ण गुरुङलाई खेलकुद सामग्री हस्तान्तरण गरेका थिए । त्यसक्रममा प्रतिस्पर्धि बालबालिकाहरुले समेत असहाय बालबालिकाहरुलाई विभिन्न उपहारहरु प्रदान गरेका थिए ।

बालबालिकाहरुको आत्मविश्वास बढाउ“दै उनीहरुलाई अभिनय, नृत्य, मोडलिङसहित व्यक्तित्व विकास हुने कार्यमा सहभागि गराउने उदेश्यले आयोजना भैरहेको उक्त प्रतियोगितामा ४५ जना बालबालिकाहरुले भाग लिएको प्रतियोगिताका इभेन्ट मेनेजर जोर्डन राजभण्डारीले बताएका छन् ।

चैतको तेस्रो साता सम्पन्न अडिसनबाट छनोट भएका बालबालिकाहरु पछिल्लो दुई सातादेखि प्रशिक्षणमा व्यस्त भैरहेको आयोजक संस्थाकी प्रवन्ध निर्देश्ँक विजया शाहले बताएकी छिन् । प्रतियोगिताका प्रतिस्पर्धिहरुलाई चलचित्र अभिनेता समेत रहेका कोरियोग्रँफर एसराज गराजले प्रशिक्षण दिइरहेका छन् ।

प्रतियोगिताको ग्राण्ड फिनाले वैश्ाँख १५ गते शनिवार जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप