शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

झगडा मिलाउन गएका हवल्दारको हात भाँचियो

सोमबार, १० वैशाख २०७५, ११ : १०
सोमबार, १० वैशाख २०७५

सुनसरी– श्रीमान् श्रीमतीको झगडा मिलाउन गएका प्रहरी हवल्दारमाथि कुटपिट भएको छ । ईलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत प्रहरी हवल्दार अर्जुन भुजेललाई स्थानीयले कुटपिट गरेर हात भाचिदिएका हुन् ।
इटहरी ४ स्थित मनकामना चोकका स्थानीय निशान राई र उनकी पत्नी सरिता राईबीच  भएको झगडा परेको सूचनापछि हवल्दार भुजेल त्यहाँ पुगेका थिए ।
उनलाई ३ जनाको समुहमा रहेका युवाहरुले कुटपिट गरेका हुन् । कुटपिटबाट प्रहरी हवल्दार भुजेलको बायाँ हात भाँचिएको छ । प्रहरी हवल्दारमाथि कुटपिटमा संलग्न तीनै जना पक्राउ परेका छन् । 
कुटपिटमा इटहरी–४ का २१ वर्षीय शुक्र राई, इटहरी–४ का २१ वर्षीय निशान राई र १९ वर्षीय संघर्ष राई संलग्न रहेको इटहरी प्रहरीले जनाएको छ । 
युवा समुहले प्रहरी हवल्दार सवार बा २ ब १३५९ नम्बरको मोटरसाइकल समेत तोडफोड गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप