ब्रिटिस अल्फा बेटा कप इन्टर कलेज फुटसल हुने
काठमाडौं–‘द ब्रिटिस कलेज’ र ‘अल्फा बेटा इन्सिट्युट प्राइभेट लिमिटेड’ को संयुक्त आयोजनामा ‘ब्रिटिस अल्फा बेटा कप २०१८ः अन्तर कलेज फुटसल टोर्नाेमन्ट’ सोमबार र मंगलबार राजधानीको धुम्बराहीस्थित धन्यन्तरी फुट्सल्मा हुने भएको छ
द ब्रिटिस कलेजका निर्देशक महेन्द्र कंडेलले नेपाली युवाहरुको फुटसलप्रति बढेको उत्साहलाई आफूहरुले योगदान दिन चाहेको बताए ।
विभिन्न विश्वविद्यालयका १६ अण्डर ग्रयाजुएट कलेजहरुले यस प्रतियोगितामा सहभागिता जनाउने छन् । प्रतिस्पर्धामा आइएसएमटी, सफ्टोरिका कलेज, अक्सब्रिज कलेज, काठमाडौँ कजेज अफ म्यानेजमेन्ट, किङ्स कलेज, अर्चिड कलेज, मिड भ्यालीकलेज, एपेक्स कलेज, क्याम्पियन कलेज, कलेज अफ एप्लाइड साइनसेन्स, लिटल एन्जेल्स, जेभियर इन्टरनेशनल कलेज, नेशनल कलेज, र ब्रिटिस कलेज रहेका छन् ।
प्रतिस्पर्धी टोलीलाई चार समुहमा विभाजन गरिएको छ ।
जसअनुसार समुह ए–लिटल एन्जेल्स बी, जेभियर इन्टर नेशनलबी, आइएसएमटी कलेज, द ब्रिटिस कलेज ए
समुह बी–नेशनलकलेज, अर्किड कलेज, एपेक्स कलेज, मिड भ्यालीकलेज
समुह सी–क्याम्पियन कलेज, किंस कलेज, द ब्रिटिस कलेज बी, कलेज अफ एप्लाइड बिजनेश
समुह डी–लिटल एन्जेल्स ए, अक्सब्रिज कलेज, सफ्टोरिका कलेज, जेभियर इन्टरनेशनल कलेज ए
प्रतियोगितामा बिजेता हुने टोलीलाई ५० हजार नगद पुरस्कार सहित गिफ्ट ह्याम्परहरु अल्फा बेटा, टर्किस एयरलाइन्स, दराज नेपाल, इसेट, जुजु वर्यस, सुलक्स सेन्टरले प्रदानगर्ने छन् । त्यस्तै फस्ट रनर अपलाई ३० हजार नगद सहित गिफ्ट ह्याम्पर दिइने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा