शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दहीसँग मिसाएर यी खानेकुरा नखानुहोस्, गर्नेछ नोक्सानी

सोमबार, १० वैशाख २०७५, १० : २६
सोमबार, १० वैशाख २०७५

गर्मी महिनाको आगमनसँगै धेरै मानिसले आफ्नो खानामा दही समावेश गर्ने गर्छन् । दही स्वास्थ्यका लागि निकै फाइदाजनक पनि मानिन्छ । दहीमा क्याल्सियमदेखि लेटिक एसिडको राम्रो स्रोत पाइन्छ । पाचन क्रियालाई सुधार्नका लागि दहीले निकै सहयोग गर्दछ ।

तर दहीलाई केही खानेकुरासँग मिसाएर खानु हुँदैन । यसो गर्दा फाएदाको साटो नोक्सानी हुने गर्दछ । किनभने यी खानेकुरा खाँदा शरिरमा टक्सिन निष्कासन हुने गर्दछ जसका कारण पेटमा गडबडीका साथै बान्ता हुनेलगायतका समस्या देखिन्छन् । आउनुहोस् यसबारे जानकारी लिऔंः

आँपसँगै दहीः

गर्मी महिनामा यी दुबै खानेकुरा घरमा ल्याइन्छ तर दहीसँग आँपको सेवन गर्नु ठिक होइन । यदि तपाईं यी दुई खानेकुरा मिसाएर खानुहुन्छ भने यसले तपाईंको शरिरमा टक्सिन पैदा गर्छ । किनभने यी दुईको प्रभाव एक अर्कासँग ठिक विपरित छ । दहीलाई चिसो मानिन्छ भने आँपको प्रभाव गर्मी हुन्छ ।

चीजसँग दहीः

चीजसँग दही खानुहुँदैन । आयुर्वेदमा यी दुबैलाई खान प्रतिबन्ध नै गरिएको छ । यी दुईलाई एकैपटक खाँदा शरिरमा नकारात्मक असर देखिने गर्छ ।

इडलीः

हुन त इडली बनाउन दहीको प्रयोग गर्दछ तर यदि दुबैलाई एकैपटक खाएमा यसले शरिरमा हानी पुर्याउँछ ।

केरासँग दहीः

केरासँगै दही खाने सुझाव पनि दिइँदैन । दुबैलाई एकसाथ खाए यसले शरिरमा नकारात्मक असर पुर्याउँछ । यदि खानु नै छ भने पनि दुई घण्टा पनि खानुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप