शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कला क्षेत्रमा भाग्य परिक्षण गर्दै डेस्टिनी

सोमबार, १० वैशाख २०७५, १० : ०८
सोमबार, १० वैशाख २०७५

काठमाडौं – कलाक्षेत्रको आकर्षणले दैनिक हजारौँ युवायुवती यसमा भित्रिने गरेका छन् । ती मध्ये कोहीले सफलता पाउँछन् भने कोही बीचमै हराउने गर्दछन् ।

यस्तै उचाईं चुम्ने लक्ष्य लिएर दुई वर्ष अगाडी कला क्षेत्रमा भित्रिएकी हुन् डेस्टिनी तामाङ । उनी अहिले आफ्नो लक्ष्य प्राप्त गर्न दिन–रात नभनी मिहिनेत गरिरहेकी छन् । 

व्यवसायीक रुपमै मोडलिङ अगाडि बढाउन यो क्षेत्र रोजेकी तामाङले केही म्युजिक भिडियोमा आफ्नो कला प्रदर्शन गरिसकेकी छन् ।

मेला महोत्सवदेखि स्टेज कार्यक्रमसम्म नृत्य गर्न भ्याएकी उनी अभिनयमा आफ्नो स्थान बनाउन प्रयासरत छिन् । 

गोरो अनुहार, चिटिक्क मिलेको जिउडाल र आकर्षक हाइट उनको विषेशता हो । अभिनयमा अहिले आफूलाई निखारिरहेको बताउने उनको भविश्यमा अभिनेत्रीको रुपममा चिनिने चाहना पनि छ । 

जन्मथलो हेटौडा रहेकी र १७ औँ वसन्त पार गरेकी उनको हँसिलो स्वभावमा नलोभिने सायदै होलान् । सानै उमेर देखि गायन, मोडलिङ र अभिनय प्रति रुचि भएको बताउने उनको चलचित्र र मोडलिङबाट देश बिदेशमा समेत पुग्य लक्ष्य रहेको छ । भन्छिन् ‘अभिनयमा संघर्षरत छु । एक दिन अवश्य लक्ष्य चुम्ने छु ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप