शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पञ्चेश्वरमा सहमति जुटाउन नेपाल र भारतका जलस्रोत अधिकारीको संयुक्त बैठक

सोमबार, १० वैशाख २०७५, ०९ : ५८
सोमबार, १० वैशाख २०७५

काठमाडौं -पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउने बिषयमा छलफल गर्न आज नेपाल र भारतका अधिकारीवीच बैठक हुँदैछ । 

काठमाडौंमा शुरु हुने नेपाल र भारतका जलस्रोत अधिकारीको संयुक्त बैठकमा पञ्चेश्वर विकास प्राधिकरणको नीति तथा कार्यक्रम तथा आर्थिक विषयमा एकरुपता दिनेवारे छलफल हुनेछ । 

यो परियोजना २३ बर्षदेखि चर्चामा छ । तर, यसको काम भने अगाडि बढ्न सकेको छैन् । 

आयोजनाको विस्तृत परियोजना प्रतिवेदनमा एकरुपता बनेको छैन् ।  आयोजनाबाट उपलब्ध हुने पानीको विषयमा दुई देशबीच विवाद छ ।

भारतीय पक्षले तल्लो शारदा बाँधमा उपलब्ध हुने पानीको मात्रामा तलमाथि हुन नहुने मत राखेको छ । नेपालले चाहिँ बराबरीको धारमा पानी उपलब्ध हुनुपर्ने अडान राख्दै आएको छ ।

बैठकमा यी विवादित विषयमा सहमति जुटाउने प्रयास हुनेछ । 

पञ्चेश्वर विकास प्राधिकरणको नीति तथा कार्यक्रम तथा आर्थिक विषयलाई एकरुपता दिइ आयोजना अगाडि बढाउने लक्ष्यका साथ संयुक्त बैठकको आयोजना हुन लागेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गुरुङले राससलाई बताएका छन् । 

नेपाल र भारतका ऊर्जा सचिवस्तरीय गभर्निङ बडी र सहसचिवस्तरीय संयुक्त कार्यदल ज्वाइन्ट कमिटीको बैठक आयोजना गरिएको हो । ती समितिको बैठकको तयारीस्वरुप आजसमेत आवश्यक छलफल भएको प्रमुख कार्यकारी अधिकृत गुरुङले जानकारी दिएका छन् । 

प्रमुख कार्यकारी अधिकृत गुरुङका अनुसार यो गभर्निङ बडीको छैटौँ बैठक हो भने संयुक्त कमिटीको भने चौथो बैठक हो । करीब दुई वर्षपछि गभर्निङ बडीको बैठक बस्न लागेको हो । सन् २०१६ को डिसेम्बर २२ मा त्यस्तो बैठक बसेको थियो । 

सोमबारदेखि शुरु हुन लागेको बैठकले विशेष गरी पञ्चेश्वर आयोजनाको विस्तृत परियोजना प्रतिवेदनका सम्बन्धमा देखिएको विवाद समाधानका लागि विशेष पहल गर्ने विश्वास लिइएको छ । 

सो आयोजनाबाट उपलब्ध हुने पानीको विषयमा दुई देशबीच कुरा मिल्न नसक्दा विस्तृत परियोजना प्रतिवेदनले अन्तिम रुप पाउन सकेको छैन । 

भारतीय कम्पनी बापकोसले तयार पारेको विस्तृत परियोजना प्रतिवेदनमा आवश्यक सहमति हुन सकेको छैन । 

प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत २३ गतेदेखि २५ गतेसम्म भएको भारत भ्रमणमा यसबारे छलफल भएको थिएन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप