शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

घरको छतबाट खसेर व्यवसायीको मृत्यु

सोमबार, १० वैशाख २०७५, ०९ : ४८
सोमबार, १० वैशाख २०७५

दाङ - घरको छतबाट खसेर तुलसीपुरका एक व्यवसायीको आज मृत्यु भएको छ । 

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ स्थित कपडा व्यवसायी वीरबहादुर वलीको रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 
पसल बन्द भएको छ छैन भनेर तलतिर हेर्ने क्रममा आइतबार घरको तेस्रो तलाको रेलिङबाट वली खसेको पारिवारिक स्रोतले बताएको छ । तेस्रो तलाबाट सडकमा खसेपछि गम्भीर घाइते वलीको तुलसीपुरको अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको थियो । 
वलीको उपचारको क्रममा आज मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप