बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

संघीयता कार्यान्वयनका लागि समृद्धि आवश्यकः अध्यक्ष यादव

सोमबार, १० वैशाख २०७५, ०९ : २८
सोमबार, १० वैशाख २०७५

इनरुवा - संघीयता कार्यान्वयनका लागि विकास र समृद्धि आवश्यक रहेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताए । 

सुनसरीको हरिनगरा गाउँपालिका–३ गौतमपुर र ४ बीचको कालोपत्रे सडक निर्माण शिलान्यास कार्यक्रममा आइतबार अध्यक्ष यादवले सो कुरा बताएका हुन् । 

यादवले मुलुक लामो द्वन्द्व र संघर्षबाट गुज्रेकाले अब विकासको गतिलाई तीव्रपारि संघीयता कार्यान्वयनमा जोड दिए । 
अध्यक्ष यादवले मुलुकमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत् र सञ्चारको विकास गरी नागरिकलाई सुशासनको महसुस गराउनुपर्ने आवश्यता औंल्याए । उनले फरक प्रसंगमा सहकारिताको माध्यमबाट बेरोजगारी र गरिबी हटाउन सकिने तर्क गर्दै स्थानीय सरकारले त्यसमा भूमिका निर्वाह गर्न सक्नुपर्ने विचार व्यक्त गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप