शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस बैठकमा आज यूवाहरुको संयुक्त प्रस्ताव, प्रस्तावमा के छ ?

सोमबार, १० वैशाख २०७५, ०९ : २३
सोमबार, १० वैशाख २०७५

काठमाडौं -काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

आजको बैठकमा यूवा सदस्यहरूका तर्फबाट संयुक्त प्रस्ताव पेश गर्ने तयारी छ । 

निर्वाचन समीक्षाका लागि चलिरहेको बैठकमा प्रस्तुत गर्नका लागि पाँच बुँदे प्रस्ताव तयार भएको केन्द्रिय सदस्य कल्याण गुरुङले बताए । उनले भने-पाँच बुँदा छन्। व्याख्या लामो छ।  

प्रस्तावमा अग्रिम महाधिबेशनको माग गरिएको छ। 

संयुक्त धारणामा  सांगठनिक स्वरुप,निर्वाचन पराजय र विधान विपरीत गठित समितका विषयमा चर्चा गरिएको बताइएको छ। 

चैत ९ देखि जारी बैठकको शुरु देखि चर्चामा रहेक यूवा सदस्यहरुको सामूहिक लिखित प्रस्तावमा कति सदस्यको धारणा हुने बारे अझै टुंगो लागिसकेको छैन। 

केन्द्रीय सदस्य प्रदीप पौडेलले भने -२२ युवा सदस्यको सामूहिक धारणा बनाउन खोजिएको हो तर २२ सदस्य नपुग्न पनि सक्छन्। 

युवा सदस्यहरुको धारणाहरू एकत्रित गरी आजको बैठकमा पेश गरिने गुरुङले बताए।

काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी पराजयका कारणबारे समीक्षा जारी छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो भएको आठौँ दिनको बैठकमा छ जना केन्द्रीय सदस्यले निर्वाचनमा पार्टी पराजयका सम्बन्धमा आआफ्ना धारणा राखेका थिए । 

गत चैत ९ गतेदेखि शुरु भएको केन्द्रीय समितिको बैठक चैत १६ गते दलका नेता खुमबहादुर खड्काको निधन भएपछि स्थगन गरिएको थियो । 
त्यसअघि छ दिनसम्म चलेको बैठकमा ४४ केन्द्रीय सदस्यले निर्वाचनमा दलको हारका सम्बन्धमा आफ्ना धारणा व्यक्त गरेका थिए । 

चैत १६ गतेको सातौँ दिनको बैठक भने नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै सम्पन्न भएको थियो । अन्य बैठकमा केन्द्रीय सदस्यले दलको नेतृत्वको कार्यशैलीका कारण निर्वाचनमा हार व्यहोर्नु परेका सम्बन्धमा पक्ष÷विपक्षमा तर्क गर्नेक्रम जारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप