शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यालयमा जन्मदर्ताविहीन दर्जनौँ बालबालिका भर्ना

सोमबार, १० वैशाख २०७५, ०९ : १९
सोमबार, १० वैशाख २०७५

महोत्तरी - जन्मदर्ताको अभावमा विद्यालयसम्म पुग्न नसकेका दर्जनौँ बालबालिकालाई गौशाला नगरपालिकाले सिफारिस गरेपछि उनीहरु सामुदायिक विद्यालयमा भर्ना भएका छन् । 

आइतबार गौशाला नगरपालिका वडा नं ४ र १० का दलित बस्तीमा गरी ८८ जना उमेर पुगेका बालबालिकालाई नजिकै रहेको सामुदायिक विद्यालयमा भर्ना गरिएको हो । 

गौशाला–१० भरतपुरखोरका मुसहर समुदायका ४१ जनालाई जनता मावि भरतपुरखोरमा र गौशाला नगरपालिका–४ विर्ताका ४७ जना बालबालिकालाई नजिकै रहेको राष्ट्रिय आधारभूत विद्यालयमा भर्ना गराएको स्रोत व्यक्ति दीपक बरालले बताए । 

गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले यस्ता समुदायका बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गराउनको लागि कुनै कसर बाँकी नराख्ने बताए । गौशाला नगरपालिकाभित्र रहेको ३२ वटै सामुदायिक विद्यालयमा भर्ना अभियान तीव्ररुपमा सञ्चालन गर्नका लागि आफूले बारम्बार निर्देशन दिएको महतोले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप