शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इजिप्सियन किङ्ग : शलाहलाई पिएफए अवार्ड (फोटो)

सोमबार, १० वैशाख २०७५, ०९ : ०२
सोमबार, १० वैशाख २०७५

लण्डन । मोहमद शलाहले सन् २०१७–१८ सिजनको प्रोफेसनल फुटबलर्स एसोसिएसन अवार्ड जितेका छन् ।

२५ वर्षीय लिभरपुलका मिडफिल्डरले केभिन डि ब्रुयना, ह्यारी केन, लेरोय साने, डेभिड सिल्भा र डेभिड डि गेयालाई पछि पार्दै यो अवार्ड जितेका हुन् ।

‘यो अवार्डका लागि खेलाडीहरुले नै भोट गर्ने हुँदा यो मेरो लागि निकै गर्वको कुरा हो,’ शलाहले भने ।

‘चेल्सीमा रहँदा मैले मौका पाइँन । यो कुरा प्रष्ट थियो म यहाँ फर्केर मेरो फुटबल कला देखाउँनेछु । यहाँबाट छाडेर गएपछि म नयाँ व्यक्ति भएर आएको छु,’ उनले भने ।

यो सिजन प्रिमियर लिगमा शलाहले ३३ खेलमा ३१ गोल गर्नुका साथै ९ वटा गोलको अवसर सृजना गरेका छन् ।

शलाह रोमाबाट ३.४ करोड पाउण्डमा लिभरपुल भित्रिएका थिए ।

यता, म्यान्चेस्टर सिटीका सानेले युवा खेलाडीको उपाधि हात पारे भने चेल्सीकी फ्रान किर्बीले महिला खेलाडीको उपाधि जितिन् ।

ब्रिस्टोल सिटीकी लरेन हेम्पले युवा महिला खेलाडीको उपाधि हात पारिन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप