शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भौतिक सम्पत्ति नै बेच्ने प्रयासमा यातायात समिति !

सोमबार, १० वैशाख २०७५, ०७ : ०८
सोमबार, १० वैशाख २०७५

आन्दोलनको तयारीमा रहेका यातायात व्यवसायीमाथि सरकारले कारवाहीको तयारी गरिरहँदा व्यवसायी भने चल अचल सम्पत्ति नै विक्री गर्ने प्रयासमा देखिएका छन् । 

सरकारले यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्यका लागि व्यवसायीले सहयोग नगरे बैंक खाता रोक्कालागतका कारावही गर्ने चेतावनी देशभरका यातायात समिति नै नवीकरण नगर्ने निर्णय गरिसकेको छ । 

सरकारको निर्णयपछि व्यवसायीले बैंक खाताबाट धमाधम रकम निकालेको पाइएको छ भने केही समितिले भौतिक सम्पत्ति नै बेचखिनको प्रयास गरेको पनि खुलेको छ । 

आइतबार बुढानिलकण्ठ मिनिवस व्यवस्था समितिका पदाधिकारीहरु आफ्नो नाममा रहेको जग्गा विक्री गर्न चाबहिलस्थित मालपोत कार्यालय पुगेका थिए ।,आजको कारोवारमा यो खबर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप