शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पुर्वडीआईजी निरौला पक्राउ, पुर्व आईजीपी आर्यालमाथि समेत आशंका

सोमबार, १० वैशाख २०७५, ०५ : ३८
सोमबार, १० वैशाख २०७५

दुबईबाट अवैधरुपमा भित्रिएको ३३ किलो सुनको भरियाका रुपमा रहेका सनम शाक्यको हत्यापछि प्रहरीले उक्त काण्डमा संलग्न रहेको अभियोगमा पुर्वडीआईजी गोविन्द निरौलालाई पक्राउ गरेको छ ।

उक्त सुन काण्डको अनुसन्धान गरिरहेका गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको टोलीले पुर्वडीआईजी निरौलालाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएपछि उनी पक्राउ परेका हुन् । 

अनुसन्धान टोलीले छानविनका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत पुर्वडीआईजी निरौला सुन तस्करबीच पटकपटक सम्पर्कमा रहेको र विमानस्थलाट सुन पास गराउन भुमिका खेलेको निष्कर्ष निकालेको थियो ।

छानविन गर्ने क्रममा पुर्वप्रहरी महानिरीक्षक प्रकाश अर्यालको समेत संलग्नता रहेको आशंका गरेको छ ।, यो खबर आजको नेपाल समाचारपत्रमा यो खबर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप