शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रमुख निर्वाचन आयुक्त यादवको घरमा बम विस्फोट

आइतबार, ०९ वैशाख २०७५, २१ : ०८
आइतबार, ०९ वैशाख २०७५

ललितपुर । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको घरमा बम विस्फोट भएको छ ।

आइतबार साँझ यादवको ललितपुरको हात्तिबन स्थित घरमा बम विस्फोट भएको हो  ।

लतिलपुर प्रहरीका प्रमुख एसएसपी गणेश ऐरले बम विस्फोट भएको पुष्टि गरे ।

प्रहरीका अनुसार एउटा बम आक्रमणकारीले विस्फोट गराएको र घर नजिकै एउटा शंकास्पद वस्तु फेला परेको छ ।

उक्त शंकास्पद वस्तु डिस्पोज गर्न यतिबेला सेनाको टोली घटना स्थलमा पुगेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी नरेन्द्र चन्दले जानकारी दिए ।

कस्तो बम विस्फोट गराइएको भन्ने खुलेको छैन ।

बम विस्फोटबाट कम्पाउण्ड र झ्यालको सिसामा क्षति पुगेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप