शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ दिल्लीबाट तीन नेपाली बालिकाको उद्धार

आइतबार, ०९ वैशाख २०७५, १९ : ५६
आइतबार, ०९ वैशाख २०७५

नेपालगन्ज– भारतको नयाँ दिल्लीको जिबी रोडस्थित दुईवटा कोठीबाट तीन नेपाली बालिकाको उद्धार गरिएको छ । 

माइती नेपालको आग्रहमा भारतीय प्रहरीले जिबी रोडको कोठीमा छापा मारेर ती बालिकाको उद्धार गरेको हो । 

नेपालबाट माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाको नेतृत्वको टोलीले दिल्ली प्रहरीको सहयोगमा कोठीमा गत वैशाख ४ गते छापा मारेको थियो । ती कोठीमा करिब ६०/७० नेपाली बालिका र किशोरी रहेको सूचनाका आधारमा छापा मारिएको थियो । 

“छापा मारिँदैछ भन्ने सूचना पाएपछि कोठीका सञ्चालकले अन्य बालिकालाई लुकाएको पाइयो”–संयोजक कोइरालाले भने । 

उद्धार गरिएका बालिकालाई अहिले नयाँ दिल्लीस्थित नारी निकेतनमा राखिएको छ । आवश्यक कानूनी प्रक्रिया सकिएपछि कोठीबाट उद्धार गरिएका बालिकालाई नेपाल ल्याइने उहाँले बताउनुभयो । गएराति नेपालगन्ज फर्केको कोइराला नेतृत्वको टोलीले आज नेपालगन्जमा पत्रकार सम्मेलन गरी सो घटनाबारे जानकारी गराएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप