पूर्व डिआइजी निरौला पक्राउ
आइतबार, ०९ वैशाख २०७५, १९ : ३७
काठमाडौं– ३३ किलो सुन प्रकरणमा सहभागि भएको आरोपमा पूर्व डिआइजी गोविन्द निरौला पक्राउ परेका छन् । गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा बनेको छानविन समितिले थप अनुसन्धानका लागि भन्दै पूर्व डिआइजी निरौलालाई वानेश्वरबाट नियन्त्रणमा लिएको हो ।
निरौला गत माघ ९गते काठमाडौं वानेश्वरस्थित रत्नराज्य क्याम्पस नजिकैबाट हराएको ३३ किलो सुन प्रकरणमा मुछिएका थिए । उक्त प्रकरणमा निरौला लगायतको सहभागिता रहेको आशंका गर्दै सरकारले छानविन समिति बनाएको थियो ।
निरौला निवर्तमान आइजीपी प्रकाश अर्यालसँगै अवकाशप्राप्त पूर्व डिआइजी हुन् । उक्त प्रकरणमा निरौलासहित अहिलेसम्म २० जना पक्राउ परिसकेका छन् ।
उनलाई अहिले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइनमार्फत सामान खरिदमा ‘क्यास अन डेलिभरी’ गर्दा ठगिने सम्भावना कम हुन्छ : दिलीप कुमार गिरी
-
प्रतिनिधिसभा बैठक स्थगित
-
एमाले सांसद राईले सभामुखलाई 'कान सुन्नुहुन्छ कि सुन्नुहुन्न' भनेपछि....
-
ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण