शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल अघि चीन जाँदै मोदी

आइतबार, ०९ वैशाख २०७५, १८ : ५२
आइतबार, ०९ वैशाख २०७५

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउन अघि चीन जाने भएका छन् ।

मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आगामी अप्रिल २७ र २८ मा वुहान शहरमा आयोजना गरिने अनौपचारिक समिटमा भेटवार्ता हुने भएको हो ।

मोदी मे ११–१२ मा नेपाल आउने भनिएको छ ।

मोदीको भ्रमण मिति तय गर्न भारतीय विदेश मन्त्री सुस्मा स्वराज चीन पुगेकी थिइन् । स्वराज र चिनियाँ विदेश मन्त्री वाङ यीले आइतबार संयुक्त पत्रकार सम्मेलन गरेर मोदीको भ्रमणबारे जानकारी दिएका थिए ।

जुनमा हुने सांघाई कोओपरेसन अर्गनाइजेसन (एससीओ) को तयारी बाहेक डोकलाम विवाद लगायत विषयमा मोदी र सीबीच छलफल हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप