शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सभागृहमा ब्यानरको बबाल (फोटोफिचर)

आइतबार, ०९ वैशाख २०७५, १८ : १५
आइतबार, ०९ वैशाख २०७५

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी स्थाना दिवसको अवसरमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आयोजनाले गरेको संयुक्त कार्यक्रममा एउटा व्यानरको विषयले तनावग्रस्त बनेको थियो ।

कार्यक्रमस्थलमा टुङ्ग्याइएको मुख्य ब्यानरमा लेनिनको तस्विर नभएको र माओवादी केन्द्रलाई ‘माके’ भनेर अपमान गरिएको भन्दै माओवादी पार्टीको भातृ संगठनले आपत्ति जनाएपछि कार्यक्रम स्थल तनावग्रस्त बनेको थियो । 

माओवादी कार्यकर्तालाई शान्तपार्न ब्यानर हटाइएको थियो । तर, त्यसमा एमालेको भातृसंगठन अखिलले आपत्ति जनाएपछि कार्यक्रम लामो समय प्रभावित बन्न पुग्यो ।

अन्ततः दुईवटा ब्यानर राख्ने र कार्यक्रमस्थलमा लेनिनको फोटो राख्ने सहमति भएपछि बल्ल कार्यक्रम शुरु भयो ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र प्रचण्डले आज संयुक्त सम्बोधन गर्ने कार्यक्रम लगभग ४ घण्टा ढिला शुरु भएको थियो । 

हेर्नुहोस् तस्विर :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप