बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौंको नयाँ बजारबाट लागू औषधसहित ४ जना पक्राउ

आइतबार, ०९ वैशाख २०७५, १७ : ५२
आइतबार, ०९ वैशाख २०७५

काठमाडौं– प्रतिबन्धित लागू औषध एम्पुल र नोफिनसहित ४ जना पक्राउ परेका छन ।  

प्रतिबन्धित लागू औषध डाईजेल्याव ५ सय ७६ थान एम्पुल, फेनारगन ५ सय ९० थान र नोफिन ५ सय ५६ एम्पुलसहित सोलुखुम्बु तिङला घर भएका ३३ वर्षीय लाक्पा शेर्पा र  रविन गुरुङ, पर्सा लङगढी घर भएका १९ वर्षीय दिपकुमार र १८ वर्षीय राजुकुमार राईलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । 

झोलाभित्र लकाई छिपाई राखिएको अवस्थामा उनीहरुलाई काठमाडौंको नयाँबजारबाट अबैध लागू औषधसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंले आईतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

ती सबै लागू औषध भारतबाट नेपाल भित्रिएको अनुसन्धानबाट खुल्न आएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । भारतीय ६० रुपैयाँ पर्ने सो एम्पुल नेपालमा प्रतिथान १५ सय रुपैयाँमा बिक्री हुने गरेको पनि प्रहरीले जनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलले घटनाबारे थप अनुसन्धान भइरहेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप