शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

९ जनाका सन्तानका पिताले जब आफू बाँझो भएको थाहा पाए...

आइतबार, ०९ वैशाख २०७५, १६ : ५८
आइतबार, ०९ वैशाख २०७५

मोरक्को । मोरक्कोका एक पुरुषले हाललै आफ्नी श्रीमतीबिरुद्ध अनैतिक सम्बन्धको आरोप लगाएर मुद्दा हालेका छन् । 

नियमित चेकजाँचका क्रममा पुरुषले आफू जीवनको अधिकांश समय बाँझो रहेको पत्ता लागेपछि आफूले हुर्कारहेको ९ सन्तान आफ्नो नभएको थाहा पाए ।

मोरक्कोको एक सानो सहर सिदी सिल्मनमा प्रध्यापन पेसा गर्ने ती पुरुषले नियमित जाँचका क्रममा यो कुरा पत्ता लगाएका थिए । उनको दाहिने अण्डकोषमा सानो गाँठो (सिस्ट) थियो, जुन उनका अनुसार वर्षौं पहिलेदेखिनै थियो । 

चिकित्सकले सिस्टको थप जाँच गर्ने निधो गरे । जाँचबाट सिस्ट खतरनाक नभएको पुष्टि भयो तर त्यसैको कारणले प्रध्यापकमा एक खालको बाँझोपन भएको पत्ता लाग्यो । 

तर, समस्या अर्कै कुरामा निस्कियो । उनी विगत ३५ वर्षदेखि विवाहित थिए र उनका ९ बच्चा थिए ।

मोरक्कोको समाचारपत्र अल–मस्साईको रिपोर्ट अनुसार समाचार लगतै उनी सम्बन्धविच्छेदका लागि कुदेनन् । पहिले त उनलाई यो नतिजामा विश्वास लागेन । उनले थप अन्य जाँचहरु गराए । तर, त्यसबाट पनि उनी बाँझो रहेको पुष्टि भयो । 

यो रहस्योद्घाटनबाट उनलाई नराम्रो धक्का लाग्यो । त्यसपछि उनले वकिललाई सम्पर्क गरेर आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेदको लागि मुद्दा हाले । मुद्दामा उनले ३५ वर्षदेखिकी श्रीमतीलाई अनैतिक सम्बन्धको आरोप लगाएका छन् । यसका साथै उनले आफूले हुर्काइ रहेको ९ बच्चा परित्यागको माग गरेका छन् ।

पुरुषले अदालतमा आफू बाँझो भएको र कुनै पनि बच्चा आफ्नो नभएको बताए । यसको प्रमाण चाहिएमा उनले आफू मेडिकल जाँच गर्न तयार रहेको भनेका छन् ।

तर, अदालतले पुरुष आफैले गराएको चिकित्सकीय जाँचलाई अनुसन्धान गरेको थियो । थप अनुसन्धानबाट उनको रिपोर्टहरु साँचो निस्कियो । उनको वीर्य जाँचमा उनको वीर्यमा शुक्रकिट देखिँदै देखिएन । यसका साथै जैविक विश्लेषणले उनलाई बाँझो बनाउने अण्डकोषमा रहेको गाठो विगत पचास वर्ष देखि उनको शरीरमा भएको पुष्टि भएको थियो ।

मुश्लिम बहुल देश मोरक्कोमा अनैतिक सम्बन्ध लागि कडा सजायको व्यवस्था छ । यदी ती पुरुषकी श्रीमती दोषी पाइएमा उनलाई जेल सजाय हुन सक्छ ।

पुरुषले आफूले हुर्काएका ९ जना बच्चाहरु आफ्नो नभएको पत्ता लागे पछि ती सबैसँग सम्पर्क टुटाएका छन् र उनीहरुलाई ब्यहोरिरहेको अभिभावकीय जिम्मेबारीबाट मुक्त गर्न अदालतसँग माग गरेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप