शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रामेछापको मन्थलीमा जनरल इन्स्योरेन्सको ३४ औं शाखा विस्तार

आइतबार, ०९ वैशाख २०७५, १६ : ४७
आइतबार, ०९ वैशाख २०७५

रामेछाप– रामेछापको मन्थलीमा बैशाख ९ गतेदेखि आइएमई जनरल इन्स्योरेन्स कम्पनीको ३४ औं शाखा विस्तार भएको छ । शाखाको कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष श्याम थापाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनी प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कम्पनीले छोटो समयमानै आफ्नो साख स्थापित गर्न सफल भएकोमा लगानीकर्ता, संचालक समिति,सम्पूर्ण कर्मचारी साथीहरु  लगायत ग्राहक महानुभावहरुलाई धन्यवाद दिंदै बीमा क्षेत्रले थप रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहक महानुभावहरुलाई चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृत्तिमा विशेष ध्यान दिएर कार्य गरी रहेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै उनले बिमा क्षेत्रको विकास र विस्तारको लागि सात वटै प्रदेशको विभिन्न भागमा आफनो उपस्थिती जनाई लघुबीमा लगायत सम्पूर्ण निर्जीवन बीमा सेवा सहज रुपमा प्रदान गरी अग्रिणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई स्थापित गर्ने हेतुले सेवा प्रदान गरिरहेको जानकारी दिए ।

कार्यक्रममा स्थानिय उद्योगी, व्यापारीहरु, यातायात व्यवसायीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।  सोही कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष श्याम थापा लगायत स्थानिय उद्योगी तथा व्यावसायीहरुले कम्पनीले स्थानीय स्तरमा सेवा प्रदान गर्नको लागि रामेछापको मन्थलीमा शाखा विस्तार गरी बीमा सेवा प्रदान गर्ने प्रण गरेकोमा कम्पनीका अध्यक्ष तथा संचालक समिति लगायत व्यवस्थापनलाई धन्यवाद दिंदै कम्पनीको उत्तरोत्तर प्रगतिको कामनाका साथ कम्पनीसंग व्यवसाय विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए  ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप