शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सह–चालकका रुपमा कार्यरत १२ जना बालकको उद्धार

आइतबार, ०९ वैशाख २०७५, १६ : ०८
आइतबार, ०९ वैशाख २०७५

काठमाडौं– श्रम कार्यलय बागमति केन्द्रीय बाल कल्याण समिति र बाल अधिकारका श्रेत्रमा कार्यरचत संघसंस्थाको अगुवाइमा उपत्यकामा चल्ने सार्वजनिक यातायातबाट १२ जना बालकहरुको उद्धार गरिएको छ ।
काठमाडौं उपत्यकामा सञ्चालित सर्वाजनिक यातायात (बस, मिनिबस, माइक्रोबस, टेम्पो र ढुवानीका साधन लगायत) का साधनहरुमा बालश्रमरहित बनाउने अभियान अन्र्तगत आइतबार चौथो दिन स्वम्यभू चोकबाट १२ जना बालकहरुको उद्धार गरिएको हो ।

बालश्रम (निषेध र नियमित गर्ने) ऐन २०५६ अनुसार सार्वजनिक यातायातमा बालबालिकालाई श्रममा लगाउनु हुँदैन ।  श्रम कार्यालय बागमतीका कार्यालय प्रमुख उदयकुमार गुप्ताको नेतृत्वमा सुरु गरिएको सो अभियानअन्र्तगत आईतबार १९१ वटा गाडीको अनुगमन गरि सचेतनामुलक स्टीकर समेत टाँसिएको छ ।

 अनुगमनका क्रममा उक्त सवारी साधनहरुबाट सह–चालकका रुपमा कार्यरत १६ वर्ष मूनिका १२ जना बालकहरुलाई उद्धार गरिएको बाल कल्याण समितिका निर्देशक तारक धितालले बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप