शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साताको पहिलो दिन सेयर बजारमा ५०.१८ अंकको बृद्धि

आइतबार, ०९ वैशाख २०७५, १५ : ४५
आइतबार, ०९ वैशाख २०७५

काठमाडौं–सेयर बजारले १४०० को विन्दु पार गरेको छ । साताको पहिलो दिन आइतबार सेयर बजार बढ्ने क्रमले निरन्तरता पाउँदै १४३८.४९ विन्दुमा आइपुगेको छ । नेप्से परिसुचक ५०.१८ अंकले बढ्दा कारोबार रकममा बृद्धि भएको छ ।
 

यस दिन १ अर्ब २३ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । कारोबारमा १६७ कम्पनी आएका थिए ।  सबै समुहमा हरियाली छाउँदा बिमा समुहमा उछाल आएको छ । बिमा समुह ३५२.९९ अंकले बढेको छ । यता माइक्रो फाइनान्सतर्फ पनि उत्साहजनक बृद्धि देखिएको छ । 

माइक्रोफाइनान्स समुहतर्फ १००.२३ अंकले बढ्दा जलविद्युततर्फ ८९.८८ अंकले बढेको छ । होटल समुह ६५.२ अंकले बढेको छ । यस दिन सबैभन्दा बढी कुमारी बैंकको ५ करोड ३९ लाख रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्रि भएको छ ।

 दोस्रोमा राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । राष्ट्रिय बिमा कम्पनीको ४ करोड ४० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।  तेस्रोमा आज मात्र नाफा कमाएको प्रतिवेदन सार्वजनिक गरेको सानिमा बैंकको ३ करोड ७५ लाख रुपैयाँ भन्दा बढीको सेयर खरिद बिक्रि भएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप