मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैंक र एनआइडीसी एक हुँदै, एकीकृत करोबार बैशाख १९ देखि

आइतबार, ०९ वैशाख २०७५, १५ : ३५
आइतबार, ०९ वैशाख २०७५

काठमाडौं–राष्ट्रिय वाणिज्य बैंक र एनआइडिसी डेभलपमेन्ट बैंक एक्वायर पछिको पहिलो एकिकृत कारोबार बैशाख १९ गतेदेखि हुने भएको छ ।
 राष्ट्रिय वाणिज्य बैंकले  एनआइडिसी गाभ्न÷गाभिन नेपाल राष्ट्र बैंकबाट चैत २२ गते अन्तिम स्वीकृत पाएको थियो । राष्ट्रिय वाणिज्य बैंकले एनआइडीसीलाई एक्वायर गरेर राष्ट्रिय वाणिज्य बैंकको नामबाट एकिकृत कारोबार गर्न लागेको हो । 
अब एनआइडिसीको सम्पूर्ण सम्पत्ति र दायित्व राष्ट्रिय वाणिज्य बैंकले सकार्नेछ । एनआइडिसीले गत माघ १९ गते  र राष्ट्रिय वाणिज्य बैंकको माघ २० को साधारणसभाले १ः१ अनुपातमा स्वाप रेसियो कायम गर्ने प्रस्ताव पारित गरिसकेको छ । हाल एनआइडिसीको सेयर कारोबार बन्द छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप