बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘भोर’ले दाइजोप्रथा हटाउन मद्दत गर्छ –निर्देशक भट्टराई

आइतबार, ०९ वैशाख २०७५, १४ : २९
आइतबार, ०९ वैशाख २०७५

काठमाडौं – ‘भोर’ बैशाख २१ आगामी गतेबाट प्रदर्शनमा आउने चलचित्र हो । चलचित्रको प्रदर्शन मिती नजिकिँदै गर्दा निर्माण युनिटले समेत यसको पचार प्रसार तीब्र बजाएको छ । 
निर्देशक यादव भट्टराईले मधेसको निकै दर्दनाक कथामा चलचित्र बनाएको बताए । राजधानीमा एक कार्यक्रम गर्दै निर्देशक भट्टराइले चलचित्रको बिषयहरु जानकारी दिएका हुन् ।
‘करिब १ बर्ष लगायर चलचित्र निर्माण गरे’ उनले भने ‘मधेसमा भाइरसको रुपमा रहेको दाइजो प्रथा चिर्नको लागि यो चलचित्र बनाएको हुँ ।’ निर्देशक भट्टरायले यस अगाडी ‘झोला’ चलचित्र बनाएका थिए । ‘झोला’ले सबैको मन जित्दै ब्यवसाय समेत गरेको थियो ।
देवेन्द्रप्रसाद पराजुली कार्यकारी निर्माता रहेको चलचित्रमा राज तिमिल्सिना र रामगोपाल थापाको निर्माता हुन् । चलचित्रमा कृष्ण धारावासीको कथा छ । ‘दाइजो मानव हिंसा हो’ भन्ने कथामा यो चलचित्र निर्माण भएको छ ।
रामनारायण यादव, अनितारानी मण्डल, राजेश सक्सेना, परमेश झा डोल िसरकार लगायतको चलचित्रमा अभिनय देख्न सकिनछ । 
मधेसमा जरो गाडेको दाइजोप्रथा उन्मुलन गर्न चलचित्रले महात्वपुर्ण भुमिका खेल्ने कलाकार अनितारानी मण्डलले बताए । चलचित्रले गर्दा आफुले पनि मधेसको समस्या निकै गहिराइमा पुगेर वुझ्ने मौका पाएको उनले बताए । 
रामनारायण ठाकुरले मधेसमा विभिन्न बहानामा दाइजो माग्ने गरिएको सुनाए । उनले भने ‘सिधै त म भन्दिन तर घुमाएर दाइजो माग्ने गरिएको छ ।’
निर्माता राज तिमिल्सिनाले दर्शकले चलचित्र ‘झोला’लाई जस्तै यो चलचित्रलाई पनि माया गरिदिने विश्वास व्यक्त गरे । अभिनेत्री डाली सरकारले चलचित्र राम्रो बनेकोले सबैको माया पाउने बिश्वास रहेको बताइन् । 
चलचित्रको आगामी ११ गते बिहान बिषेश सो गरिनेछ । उक्त सोमा बिभिन्न बिशिष्ट ब्यक्तिहरु निम्त्याइने निर्देशक भट्टराइले जानकारी दिए ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप