बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नै सर्तमा चीन यसरी बन्यो विश्वको बादशाह

आइतबार, ०९ वैशाख २०७५, १४ : २१
आइतबार, ०९ वैशाख २०७५

फ्रोफेसर राना मिटर/ बीबीसी 

व्यापार, विदेश नीति अथवा इन्टरनेट सेन्सरसिपको कुरा हुन् यी विषय आजको समयमा चीनमा चर्चाको विषय बन्छ । तर खास कुरा के छ भने यी सबै महत्वका विषयमा चीनले आफ्नो परम्परा र इतिहासलाई धेरै महत्व दिन्छ । 

मेरो विचारमा चीनमा जुन किसमले आफ्नो संस्कृति र इतिहासलाई सम्झने समाज छ, त्यस्तो उदाहरण अर्को पाइँदैन । तत्कालीन समयमा चीनले कसरी आफ्नो परम्परा अनुसार नै काम गर्छ, यसलाई यसरी हेर्न सकिन्छ ।

व्यापार 

एक समय यस्तो पनि थियो जतिबेला ऊ व्यापार गर्न नचाहँदा पनि व्यापार गर्नु परेको थियो । तर आजको समयमा पश्चिमी शक्तिको निरन्तर दबाबपछि पनि आफ्ना शर्तमा व्यापार गरिरहेको छ ।

अमेरिका र चीनमा कुन कुरामा विवाद चलिरहेको छ भने चीन आफ्ना सामान त अमेरिकी बजारमा बेच्छ तर अमेरिकी उत्पादनका लागि आफ्नो बजार उसले बन्द गरेको छ । 

करिब १ सय ५० वर्ष पहिला चीनको आफ्नो व्यापारमा अलिकति मात्र नियन्त्रण थियो, त्यो कुरा आज पनि बेइजिङका मानिसहरू सम्झन्छन्  । बेलायतले अफिम युद्धको समय (सन् १८३९) मा चीनमाथि हमला ग¥यो । त्यो समयमा बेलायतले एउटा संस्थाको गठन ग¥यो । चीनबाट आयात हुने उत्पादनमा कर लगाउन र कर असुल्न सकियोस भन्ने उद्देश्यले यो युद्ध गरेको थियो । 

यो संस्था चीन सरकारको मातहत रहेको बेलायती संस्था थियो । यसका प्रमुख चाहिँ चिनियाँ नभई नर्दन आयरल्यान्ड बस्ने सर रोवर्ट हर्ट थिए । जो सन् १८६३ देखि १९११ सम्म यो संस्थाको महानिर्देशकका रूपमा रहे । उनी इमानदार अधिकारी थिए । उनको सहयोगले चीनको आम्दानी धेरै बढेको थियो । 

मिङ्ग शासनकालमा चीनको व्यापारको अवस्था परिवर्तन भयो । एडमिरल जेङगले सात समुन्द्री जहाजलाई दक्षिण पूर्व एसिया, श्रीलङ्का र पूर्वीअफ्रिकी तटसम्म पठाएका थिए । यसबाट चीनको व्यापारको साम्राज्यको झलक पाइन्छ । 

यसपछि पनि चीनले समुद्री बाटोबाट कैयौं देशमा आफ्ना सामान पठायो । यसले चीनको व्यापार मात्र विश्वभरी फैलिएन, विश्वभरीका राम्रा सामान पनि चीनमा आउन सुरु भयो । अफ्रिकी जिराफ पनि यसरी नै चीनसम्म आइपुगेको थियो । 

छिमेकीसँग कठिन 

चीनको आफ्ना छिमेकी देशसँग कहिल्यै राम्रो सम्बन्ध भएन । इतिहास हेर्ने हो भने चीनले उत्तर कोरियाली नेता किम जोङ्ग उनलाई पनि नराम्रो छिमेकी ठान्यो । 

११२७ मा सोङ्ग साम्राज्यको शासनको समयमा एक महिला किङ्गजाहो आफ्नो घरबाट भागेकी थिइन । हामी उनको कथा किन जान्न चाहन्छौं  भने उनी चीनकी सबैभन्दा स्तरीय कवि थिइन्, उनका कविता धेरै पढिन्थे । उनीमाथि आक्रमण भइरहेका कारण आफ्नो घरबाट भाग्नु परेको थियो । 

चीनको उत्तरमा बस्ने युरेचेन समुदायका मानिसहरू चीनको सुङ्ग साम्राज्यसाथ सुमधुर सम्बन्ध थिएन । जसको कारण युद्ध भइरहन्थे । 

केही समयसम्म जुन साम्राज्यको शासन उत्तरी चीनमा थियो, त्यतिबेला सङ्ग साम्राज्यले दक्षिण चीनमा आफ्नो साम्राज्य फैलायो । पछि दुवै साम्राज्य मङ्गोलहरूको अधीनमा आए । 

यी सबै कारणले चीनको सीमारेखा समयका साथ परिवर्तन भइरह्यो । चीनको संस्कृतिमाथि त्यहाँका भाषा, इतिहास र कन्फुयसिज्मको असर देख्न पाइन्छ । मन्चोस र मङ्गोल समुदायका मानिसले चीनमा अलग अलग शासन गरे र आफ्ना विचार देशमा थोपर्ने कोसिस गरे । तर कैयौं पटक उनले चिनियाँ संस्कृतिलाई नै मूल रूपमा प्रभावित बनाउने कोेसिस गरे । 

सूचनाको प्रवाह 

आजको समयमा चीनमा इन्टरनेटमा सेन्सरलाई राजनीतिक रूपमा संवेदनशील मानिन्छ । सत्ता प्रतिष्ठानहरूका विरुद्ध बोल्नेलाई चीनका अधिकारी तपाईंलाई गिरफ्तार गर्न सक्छन् । योभन्दा बढी नराम्रो पनि हुन सक्छ । 

चीनमा सत्ता प्रतिष्ठानको विरोधमा बोल्ने सधैं एक मुद्दा बन्यो । चीनका इतिहासकारले सरकार चाहेअनुसार लेख्नुपरेको थियो । 

तर सीमा कियान (जसलाई चीनको महान इतिहासकार मानिन्छन्) ले भिन्न बाटो समाते । उनले चीनको इतिहासलाई लिपिबद्ध गरेका थिए । इसापूर्व पहिलो शताब्दीमा युद्ध हारिसकेका एक जनरलका बचाउ गर्ने कोसिस गरेका थिए । यही कारण शासकले उनलाई भ्याक्सेक्टोमी गरिदिएको थियो । 

तर उनले जुन कोसिस गरेका थिए, त्यो चीनको इतिहासलाई लिपिबद्ध गर्ने सुरुवात थियो । उनले एक लेखकहरूलाई भनेका थिए– यदि तपार्इं आफ्नो सुरक्षालाई दाउमा राख्नुहुन्छ भने इतिहास लेख्न सक्नुहुन्छ, सक्नुहुन्न भने स्वयम्लाई सेन्सर गरेर बस्नुहोस् । 

धार्मिक स्वतन्त्रता

धार्मिक रूपमा चीन अहिले धेरै सहिष्णु देश मानिन्छ । माओको सांस्कृतिक क्रान्तिको समयसम्म धेरै हदसम्म अङ्कुश थियो । तर ऐतिहासिक रूपमा चीनमा धार्मिक विश्वासलाई लिएर खुलापन थियो ।

तुङ्ग साम्राज्यको समयमा अर्थात सातांै शताब्दीमा महारानी वु जेटिएनले बौद्ध धर्ममाथि प्रश्न गरेकी थिइन् । मिङ्ग साम्राज्यको समयमा जेसुर माटो रिक्की त अदालत गएका थिए । उनलाई सम्मानित वार्ताकारको दर्जा मिलेको थियो । तर मानिसहरूको चासो उनको पाश्चात्य ज्ञानमाथि बढी थियो । 

उन्नाइसौं शताब्दीको समय विद्रोही हाँग जिउकुआनले त आफैलाई जेसिसको भाइ भएको दाबी गरेका थिए । 

ताइपिङ्ग विद्रोहीहरूले चिनियाँ इतिहासका सबै भन्दा खतरानाक युद्धको सुरुवात गरे  । १८५० देखि १८६४ को बीचमा किङ्ग साम्राज्य र जिउकुआनको साम्राज्यको बीचमा सङ्घर्ष देख्न पाइन्छ । केही सूत्रकाअनुसार यस युद्धमा दुई करोड मानिसको मृत्यु भएको थियो । 

सरकारी सेना सुरुमा विद्रोहीमाथि नियन्त्रण गर्न असफल भए तर कैयौं चिनियाँ इसाइहरूको मृत्युपछि विद्रोह थामियो । केही दशकपछि सन् १९०० मा चीनमा इसाइ धर्म फेरि बढ्यो । 

यसपछि आजसम्म चीनमा धर्मलाई लिएर सहिष्णुता देख्न पाइन्छ । चिनियाँ सरकारलाई के कुराको पनि डर छ भने यो मुद्दा भड्केमा खतरा आउन सक्छ । 

प्रविधि

अहिले चीन विश्वकै  प्रविधिको केन्द्र बनिसक्यो । एक शताब्दी पहिला देशमा औद्योगिक क्रान्ति भयो । दुवै ठाउँमा महिलाहरू केन्द्रमा छन् । 

आजको मितिमा चीन आर्टिफिसियल इन्टेलिजेन्स, भ्वाइस रिकग्नाइजेसन र बिग डाटाका क्षेत्रमा विश्वको अगुवाइ गरिरहेको छ । 

विश्वमा बन्ने स्मार्टफोनमा सबैभन्दा बढी फोन चीनमा निर्मित चिपबाट बन्छन् । चीनका फ्याक्ट्रीमा युवा महिलाहरू काम गर्छन, तर काम गर्ने शर्त धेरै कठिन छन् । तर महिलाहरूले तीव्र रूपमा पकड जमाइरहेका छन् । 

सङ्घाई र याङ्गेज डेल्टामा महिलाले एक सय वर्ष पहिला काम गर्नु सुरु गरेकी थिइन् । उनी कम्प्युटर चिप बनाउदिन थिइन्, उनी सिल्क र सुतीको धागो  बनाउँथिइन् । 

महिलाहरू आज चीनमा आफ्नै बलबुतामा सेन्ट्रल सङ्घाइमा डिपार्टमेन्टल स्टोर खोल्न सक्छिन् । 

भविश्यका इतिहासकार के साच्ने छन् ?

चीन आजका दिनमा परिवर्तनबाट गुज्रिरहेको छ । इतिहासकारका दृष्टिमा चीन १९७८ भन्दा पहिले एउटा गरिब देश थियो, जसले केवल २५ वर्षमा आफ्नो अर्थव्यवस्थालाई विश्वको दोस्रो ठूलो अर्थव्यवस्था भएको देशमा परिवर्तन गर्यो । 

यसबाहेक एक सन्तान नीति अहिले समाप्त गरिसकेको छ । आर्टिफिसियल इन्टेलिजेन्स सर्विलियान्समा लेखहरूको ध्यान अवश्य जाने छ । यसबाहेक पर्यावरण, अन्तरिक्षमा खोजबिन र आर्थिक विकासमा मानिसको ध्यान जाने छ । 

एउटा के कुरा निश्चित छ भने एक शताब्दीपछि पनि चीन आकर्षणको केन्द्रमै रहने छ । जुन मानिस त्यहाँ हुने छन् उनका लागि पनि चिनियाँ संस्कृतिमा बाँच्छन् तिनको लागि पनि र त्यसको समृद्धिको इतिहास, वर्तमान र भविश्यको दिशा दिन्छ । 


(यो लेख लेखकको निजी विचार हो । लेखक अक्र्सफोर्ड युनिभर्सिटीमा चाइना सेन्टरका निर्देशक हुन ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप