शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बसन्तपुरका कला भूइँखेलमा प्रदर्शन

आइतबार, ०९ वैशाख २०७५, १४ : १५
आइतबार, ०९ वैशाख २०७५

काठमाडौँ –विश्व सम्पदा क्षेत्र हनुमानढोका वरपर बसेर १५० भन्दा बढी कलाकारले पुरातात्विक तथा सांस्कृतिक सम्पदा विषयमा तयार पारेका चित्रकला स्वयम्भू स्थित भूँइखेलमा शनिबार प्रदर्शन गरिएको छ ।
कलाकारले सम्पदाको वर्तमान अवस्था, संरक्षणमा भइरहेका पहल, भूकम्पपछिको सम्पदाको अवस्थालाई शुक्रबार क्यानभासमा उतारेका थिए । सांसदद्वय रामवीर मानन्धर र जीवनराम श्रेष्ठले क्यानभास पोतेर सुरु गरेको कला कार्यशालामा बरिष्ठ कलाकारदेखि कलाका विद्यार्थी समेतको उत्साहजनक सहभागिता रहेको थियो ।
विश्व सम्पदा उत्सव मूल समारोह समितिद्वारा आयोजित कार्यशालामा तयार पारिएका चित्रकृति नगरपालिकाले निर्माण गर्ने सङ्ग्रहालयमा राखिने सांसद जीवनराम श्रेष्ठले जानकारी दिए । कला कार्यशालामा सहभागी कलाकारलाई उत्साहित गर्न सांसद जीवनराम श्रेष्ठ, काठमाडौँ महानगरपालिकाका प्रमुख तथा मूल समारोह समितिका संयोजक विद्यासुन्दर शाक्य लगायत मूल समितिका सदस्यहरु कार्याशाला क्षेत्रमा पुगेका थिए । 
कार्यशालामा बरिष्ठ कलाकारहरु हरिप्रसाद शर्मा, चिनियाँकाजी ताम्रकार, उदयचरण श्रेष्ठ, शंकरराज सिंह सुवाल, राधेश्याम मुल्मी, लोक चित्रकार, गौतम रत्न तुलाधर, जीवन राजोपाध्याय, गेहेन्द्रमान अमात्य, राधेश्याम मुल्मी, रमेश खनाल, नारदमुणि हार्तमछाली, केके कर्माचार्य, श्यामलाल श्रेष्ठ, उमाशंकर साह, सुष्मा राजभण्डारी, वीरेन्द्रप्रताप सिंह, रमेश श्रेष्ठ, धनबहादुर याक्खा, अश्रुराम खाइजू, एससी सुमनलगायत कलाका प्राध्यापक, प्राज्ञसमेतको सहभागिता रहेको थियो । 
विश्व सम्पदा क्षेत्र हनुमानढोकादेखि स्वयम्भूसम्मको २ दशमलव २ किलोमिटरको ‘हेरिटेज ट्रेक’ को विकासका लागि स्थानीयको पहलमा भइरहेको विविध गतिविधि अन्तर्गत कला कार्यशाला आयोजना भएको मूल आयोजक समितिका सचिव डिल्ली रत्न तुलाधरले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप