मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

के हाे मलेसियामा  सुतेकाे सुत्यै मृत्यु हुने कारण  ?

शनिबार, २४ असार २०७४, १२ : २९
शनिबार, २४ असार २०७४

मलेसिया – सरकारकाे चिकित्सक सहितकाे बिशेष टाेलि यतिबेला मलेसियामा छ । मलेसियाका लागि नेपाली राजदुतावास मलेसियाकाे पहलमा सरकारले चिकित्सक सहितकाे एक टाेलिलाई मलेसियामा हुने नेपालीको मृत्युुकाे कारण खाेज्न मलेसिया पठाएको हाे । 

मलेसियामा बिभन्न कारणले नेपालीहरु बर्सेनी ४०० काे दरले मृत्युवरण गरिरहेका छन । केही दिन अघि मलेसिया प्रबेश गरेकाे पांच सदस्यीय टाेलिले  शुक्रबार नेपाली राजदुतावास क्वालालम्पुरमा  पत्रकार संग भेटघाट गर्दै लेसियामा नेपालीहरुकाे मृत्यु हुने कारण बारे छिट्टै टुङ्गोमा पुगेर मृत्यु सङख्या घटाउने बताएको छ । 

टोलीमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्रा. केदार बराल, सहिद गंगालाल हृदयकेन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. रामेश कोइराला, स्वास्थ्य मन्त्रालयका सनद केसी, राजु पोखरेल र श्रम मन्त्रालयबाट अर्जुन खनाल रहेका छन् । टाेलिले मलेसियामा विभिन्न नेपाली समुदाय, संघ  , राजदुतावास , मलेसियाकाे मेडिकल कलेज, श्रमिकहरु संग छलफल तथा अध्ययन गरेकाे छ ।


विभिन्न रिपोर्ट , डाटा, प्रकृतिको पुर्ण अध्ययन पछि जराेमा पुगेर मृत्यु बारे ठाेस तरिकाले अगाडि बढ्ने बताएको छ । युनिभर्सिटी मलेसिया , मेडिकल कलेज, अस्पतालबाट मृत्यु बारे रिपोर्ट  सङकलन कार्यभैरहेकाे र यसकाे अध्यानपछि ठाेस निर्णयमा पुग्ने टाेलिले बतायाे ।

के हाे त सुतेकाे सुत्यै मृत्यु हुने कारण ?

बरिष्ठ हृदय राेग बिशेषज्ञ डा: रामेश काेईराला र उक्त टाेलिका अनुसार मलेसियामा सुतेकाेसुत्यै मृत्यु विभिन्न कारणहरु मध्य ‘सडेन कार्डियक एरेस्ट, सडेन कार्डियक डेथ, न्याचुरल डेथ  र हार्ट अट्याक जस्ता समस्याका कारण मलेसियामा नेपालीको बढि मृत्यु भएकाे देखिएकाे छ । यस्ता प्रकृतिका राेगमा एक्कासि मुटुकाे गति अनियन्त्रित भएर वा मुटुकाे गति बिस्तारै घटेर मृत्यु हुने गर्दछ । यस्ताे लक्षण/संकेत देखिने वित्तिकै कृत्रिम श्वासप्रश्वास दिएर बिरामीलाई  बचाउन सकिने सुझाएका छन । यस्तो ज्ञान नहुनु पनि एउटा कारण हुनसक्छ ।’ 

होस्टल अव्यवस्थित हुनु, एउटै काेठामा थुप्रिएर बस्नु, असन्तुलित भोजन, वातावरण ,अगुणस्तरीय मादक पदार्थ सेवन गर्नु, लामाे समय काम गर्नु ,पानी कम पिउनु, स्वास्थ्यमा ध्यान नदिनु, कामदारको स्वास्थ्य समस्याप्रति रोजगारदाता गम्भीर नहुनु ,उपचारमा ढिलाई हुने र पछि राेग भित्री रुपमा बढेर जाने खतरा , सागपात तरकारि भन्दा मासु बढि खानु, क्यामिकल युक्त खानाकाे सेवन अादि मृत्युका सम्भावित कारक हुनसक्ने जानकारी गराए । 

मलेसियामा बर्षेनी ४ सय नेपालीको मृत्यु, 

मलेसियामा बर्सेनिक करिब  ४०० नेपालीकाे मृत्यु हुने गरेकाे छ । दाेस्राे गण्तब्य मुलुककाे रुपमा रहेकाे मलेसियामा करिब ७ लाख नेपालीहरु रहेका छन । सन २०१४ मा ३६१, २०१५ मा ४२५, २०१६ मा ३९२ र याे बर्षकाे अहिलेसम्म १९६ जनाले मृत्युबरण गरेकाे राजदुतावास अांकडा रहेकाे छ । 

मृत्यु सङख्यामा बढि सुतेकाे सुत्यै, जटिल बिरामि, दुर्घटना र सुसाईडका कारण मृत्यु हुने गरेकाे छ । याे बर्ष मात्रै ३६ जनाले अात्महत्या गरेकाे बताउदै मलेसियाका लागि नेपाली राजदुत निरन्जन मान सिङ बस्न्यातले सरकारले मलेसिया कामदार पठाउदा ध्यान दिनुपर्नेमा जाेड दिए । 

-बिपेन उलङगे

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप