शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगर महानगरपालिका : काँग्रेसको अग्रता कायमै

शनिबार, २४ असार २०७४, १२ : २३
शनिबार, २४ असार २०७४

विराटनगर -विराटनगर महानगरपालिकाको मतगणनामा नेपाली काँग्रेसका प्रमुख र उपप्रमुख पदका उम्मेदवारको अग्रता कायमै रहेको छ । 

नेपाली काँग्रेसका भीम पराजुलीले १८ हजार ३०५ मत, नेकपा ९एमाले०का विनोद ढकालले १३ हजार ३६४ मत र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले १२ हजार ४१७ मत ल्याउनु भएको छ । 

यस्तै उपप्रमुखमा नेपाली काँग्रेसकी इन्दिरा कार्कीको १५ हजार ९४८ मत, नेकपा ९माओवादी केन्द्र० की नमिता न्यौपानेको नौ हजार ६७९ मत र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीको आठ हजार २८४ मत रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप