शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

४ लाख खर्चेर क्लबमा झुम्दै अनिल र श्रृष्टि

आइतबार, ०९ वैशाख २०७५, १३ : १३
आइतबार, ०९ वैशाख २०७५

काठमाडौं – गायक मनोज महत्तोको स्वर रहेको ‘नाचौ गाऔ झुमौ’ बोलको गीतको म्यूजिक भिडियो तयार भएको छ । भिडियोमा मोडलद्धय अनिल थापा र श्रृष्टी खड्काको अभिनय देख्न सकिन्छ । किशोर चौधरी र आर के चौधरीको शब्द रहेको यो क्लब गीतमा एस के परियारको संगीत छ ।
भिडियो निर्देशन निशान घिमिरेले गरेका हुन् । भिडियोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन, सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।
गायक मनोज महत्तोले आफूले यूवा पुस्तालाई लक्षित गर्दै टपरी शब्द प्रयोग गरेर गीत तयार पारेको बताए । उनले, यो गीत स्टेजका लागि लक्षित रहेको समेत स्पष्ट पारे । 
भिडियो निर्माणका लागि ४ लाख खर्च गरिएको छ । भिडियोलाई साउथ इन्डियन शैलीमा तयार गरिएको निर्देशक घिमिरेले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप