एमाले–माओवादी कार्यक्रममा ब्यानरको लफडा
काठमाडौँ । एमाले र माओवादीका अध्यक्ष केपी ओली र प्रचण्डले आज संयुक्त सम्बोधन गर्ने कार्यक्रम रहेको काठमाडौँको राष्ट्रिय सभागृहमा तनाव भएको छ ।
माओवादीका कार्यकर्ताले संयुक्त सम्बोधनका लागि तयार पारिएको ब्यानरमा असहमति जनाउदै होहल्ला गरेपछि तनाव भएको हो ।
कार्यक्रम सुरु हुनुभन्दा केही समय पहिले माओवादीको भातृ संगठनका भक्तपुरका अध्यक्ष जीवीत थपलियाले ब्यानरमा असहमति जनाउँदै मञ्चमा गएर हुटिङ गरेपछि त्यसमा माओवादी कार्यकर्ताले साथ दिएका थिए ।
ब्यानरमा माओवादी केन्द्रलाई ‘माके’ लेखेर आफ्नो पार्टीको अपमान गरिएको भन्दै कार्यक्रम शुरु हुन अघि उनी मञ्चमा गएर विरोध गरेपछि माओवादी कार्यकर्ताहरुले त्यसमा समर्थन जनाउँदै हुटिङ गरेका थिए ।
यतिबेलासम्म प्रधानमन्त्री केपी ओली, , माओवादी अध्यक्ष प्रचण्डलगायत शीर्ष नेताहरु मञ्चमा आइपुगेका थिएनन् ।
हुटिङ जारी राखेपछि उर्जामन्त्री तथा माओवादी नेता वर्षमान पुनले यो कार्यक्रम दुवै पार्टीले सहमतिमा आयोजना गरेको र यस्ता प्राविधिक विषयलाई ठूलो नबनाउन आग्रह गरेका थिए । पुनको आग्रहपछि पनि माओवादी कार्यकर्ताले हुटिङ गर्न छाडेनन् ।
त्यसपछि ब्यानरलाई त्यहाँबाट हटाएर उल्टो पारेर राखेपछि मात्र माओवादी कार्यकर्ताहरु शान्त बनेका थिए ।
तर, त्यसपछि आपत्ति जनाउने पालो एमाले कार्यकर्ताको थियो । अखिल महासचिव ऐन महरले मञ्चमा पुगेर ब्यानर हटाइएको विषयमा आपत्ति प्रकट गरेका थिए ।
‘ब्यानर किन बनाइयो ? र, अहिले किन हटाइयो । हामी हुटिङ गर्दैनौँ । तर, ब्यानर बिना कार्यक्रम गर्न दिँदैनौँ,’ महरले भने ।
अहिले प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड कार्यक्रम स्थलमा पुगिसकेका छन् । १२ बजे शुरु हुने भनिएको कार्यक्रम शुरु हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने