सगरमाथा आरोहणका लागि पाँच पत्रकारलाई सरकारद्वारा ४० लाख सहयोग
काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेका महिला पत्रकारहरुलाई सरकारले ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । गत चैत ७ गते बसेको मन्त्रिपरिषद् बैठकले ५ जना महिला पत्रकारहरुलाई रु ८ लाखको दरले ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ का सदस्यहरुलाई आर्थिक सहयोगका लागि प्रस्ताव गरेको थियो ।
राष्ट्रिय समाचार समितिकी रोशा बस्नेत, न्युज टेलिभिजनकी लक्ष्मी कार्की, मेघा टेलिभिजनकी कल्पना महर्जन, नेपाल टेलिभिजनकी रोजिता बुद्धाचार्य तथा स्वतन्त्र पत्रकार देउराली चाम्लिङ सन् २०१८ को वसन्त ऋतुमा सगरमाथाको आरोहण गर्दैछन् ।
महिला सशक्तिकरण, नेपालको पर्यटन प्रबद्र्धन तथा आम समुदायको आवाज मिडियाकर्मीको रुपमा बाहिर ल्याउने उद्देश्यले सगरमाथा आरोहण गर्न लागेको उनीहरुले बताएका छन् ।
टोलीले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मन्त्रिपरिषदबाट आर्थिक सहयोग गर्न तथा आरोहणका लागि चाहिने परमिट लगायतको १० हजार अमेरिकी डलर बराबरको राजश्व मिनाह गर्न आग्रह गरेका थिए ।
त्यतिबेला उनीहरुले नेपाल पत्रकार महासंघसहित विभिन्न संस्थाले आर्थिक सहयोगका लागि प्रतिबद्धता जनाएको पनि बताएका थिए ।
सगरमाथालगायत हिमाल आरोहणका लागि लिइने सरकारी आर्थिक सहयोग बेला विवादमा आउने गरेका छन् । यसअघि, स्वर्गीय प्रकाश दाहाललाई सगरमाथा आरोहणका लागि सरकारी सहयोग दिने तथा हिमाल आरोहणका लागि सञ्जय पण्डितले आर्थिक सहयोग लिएको विषयले सञ्चारमाध्यममा ठूलो हंगामा मच्याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?
-
बजेट बनाउँदै राखेप : नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने
-
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै
-
तीन जना एसएसपीको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
छैटौँ सातामा ‘महजात्रा’, मनाउला त ५१ औँ दिन ?