शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य तोलामा २०० रुपैयाँले घट्यो

आइतबार, ०९ वैशाख २०७५, १० : ५७
आइतबार, ०९ वैशाख २०७५

काठमाडौं–सुनको मुल्य आइतबार प्रतितोला २०० रुपैयाँले घटेको छ । सुनको मूल्य विगत दुई ÷तीन दिन यता घट्न थालेको छ । 

 आइबार भने घटेर ५९ हजार रुपैयाँ प्रतितोला कायम भएको छ । शुक्रबार (अघिल्लो दिन)  ५९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन पनि तोलामा २०० रुपैयाँले नै घटेको छ । शुक्रबार प्रतितोला ५८ हजार ९०० रुपैयाँमा कारोबार भएको तेजावी सुन आइतबार ५८ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । 

यता चाँदीको मूल्य भने विगत तिन कारोबार देखि स्थिर छ । चाँदी प्रतितोला ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप