शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी बैठकको निश्कर्ष : प्रतिशत तोकेर एकता हुँदैन

आइतबार, ०९ वैशाख २०७५, १० : ५७
आइतबार, ०९ वैशाख २०७५

काठमाडौं-माओवादीले एमालेसँगको एकतामा प्रतिशतका आधारमा कमिटि निर्माण नगर्ने बताएको छ ।

माओवादीको आज बसेको केन्द्रीय कार्यलयको वैठकमा प्रचण्डले प्रतिशत तोकेर सम्मानजनक एकता नहुँने बताएका छन् ।

आजको बैठकमा प्रतिशत तोकेर एकता गर्दा त्यसको मनोविज्ञान राम्रो नहुँने भन्दै आफुले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसँग यस विषयमा कुराकानी गरेको बैठकमा प्रचण्डले जानकारी दिएका थिए ।

माओवादी नेता देवेन्द्र पौडेलले आजको बैठकमा ओलीसँग भएको संवादवारे प्रचण्डले विफ्रिङ गरेका थिए । 

आज दुई दलका शीर्ष नेताले एउटै मञ्चबाट एकताको सन्देश दिनुअघि माओवादी आन्तरिक छलफलमा जुटेको थियो । 

दुई पार्टीबीच नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको दिन अर्थात् आज एकता घोषणा गर्ने तयारी थियो ।

तर केही विषय नमिलेपछि एकता घोषणाको टरेको थियो । अर्को मिति निश्चित भएको छैन ।

बरु आज उनीहरुले एकताको सन्देश दिन गरी कम्युनिष्ट पार्टी स्थापना दिवस संयुक्त रुपमा मनाउँदै छन् । 

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली तथा माओवादी अध्यक्ष प्रचण्डले एउटै मञ्चबाट छिट्टै एकता घोषणा हुने सन्देश दिँदैछन् ।

हिजोमात्रै एमाले र माओवादी केन्द्रबीचको पार्टी एकीकरणलाई निष्कर्षमा पु¥याउने विषयमा दुवै पार्टीका अध्यक्षबीच वार्ता भएको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा दुई घण्टासम्म चलेको एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच गम्भीर छलफल भएको थियो । 

पार्टी एकीकरणका विषयमा भएको दुवै अध्यक्षबीच सकारात्मक छलफल भएको बताइएको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप