बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सानीमाले २७ प्रतिशतले नाफा बढाउँदा खराब कर्जा चार गुणाले बढ्यो

आइतबार, ०९ वैशाख २०७५, १० : २४
आइतबार, ०९ वैशाख २०७५

काठमाडौँ । चालु आर्थिक वर्षको (२०७४/७५) तेस्रो त्रैमासमा सानिमा बैंकले खुद नाफामा २७.३२ प्रतिशतले बढोत्तरी गरेर १ अर्ब २० करोड ५६ लाख रुपैयाँ भन्दा बढी पुर्याएको छ ।

गत वर्षको यसै अवधिमा बैंकको नाफा ९४ करोड ६९ लाख रुपैयाँ थियो । बैंकले चालु आवको तेस्रो त्रैमासमा खुद ब्याज आम्दानी २ अर्ब ७ करोड ६० लाख रुपैयाँ पुर्याएको छ ।  

गत वर्ष १ अर्ब ६५ करोड २९ लाख रुपैयाँ थियो  । यो भनेको बैंकले खुद ब्याज आम्दानीमा २५.५९ प्रतिशतले बृद्धि गरेको हो । 

सानिमाले ७१ अर्ब ५३ करोड निक्षेप संकलन गर्दा ६४ अर्ब ३२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको चुक्ता पूँजी ८ अर्ब रुपैया पुगेको छ ।

सानिमाकोे प्रतिसेयर आम्दानी भने गत वर्षको तुलनामा घटेर २०.२२ रुपैयाँ (वार्षिक) कायम भएको छ । गत वर्ष २३.९५ रुपैयाँ थियो । बैंकले गत वर्ष ५ अर्ब चुक्तापूँजीबाट बढाएर ८ अर्ब रुपैयाँ पुर्याउँदा त्यसको दवाब प्रतिसेयर आम्दानीमा परेको देखिन्छ । 

यस्तै प्रतिसेयर नेटवर्थ पनि घटेर १२८.२४ रुपैयाँ कायम भएको छ । गत वर्ष १३२.८१ रुपैयाँ थियो । बैंकको खराब कर्जा चार गुणले बढेर ०.१७ प्रतिशतमा पुगेको छ । गत वर्ष ०.४ प्रतिशत मात्र थियो । 

बैंकको कस्टअफ फण्ड (लागत) पनि झण्डै दोब्बरले बढेर ७.३२ प्रतिशत पुगेको छ । तेस्रो त्रैमाससम्म सानिमाको सिसिडि रेसियो (कर्जा/पुँजी/निक्षेप अनुपात)  ७८.१८ प्रतिशत छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप