शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चर्चित डिजे अभिचीको २८ वर्षको उमेरमा निधन

आइतबार, ०९ वैशाख २०७५, १० : १७
आइतबार, ०९ वैशाख २०७५

काठमाडौँ । चर्चित डिजे तथा संगीत निर्माता टिम बर्गलिङ अर्थात् अभिचीको शुक्रबार साँझ ओमानमा निधन भएको छ । उनी २८ वर्षका थिए ।

उनको प्रतिनिधिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी निकै दुःखका साथ टिम बर्गलिङ अर्थात् अभिचीलाई गुमाएको जानकारी दिन चाहन्छौँ । उनी शुक्रबार ओमानको मुस्काटमा मृत अवस्थामा भेटिएका थिए । यस घटनाबाट परिवार स्तब्ध रहेका छन् । यो दुःखको घडीमा उनीहरुको निजी जीवनलाई सम्मान गर्न हामी सबैलाई आग्रह गदर्छौं । यसबारे थप वक्तव्य दिइने छैन ।’

सर्वकालिन चर्चित र सफल इलेक्ट्रोनिक डान्स म्युजिक आर्टिस्टका रुपमा रहेका अभिचीले सन् २०१३ मा ‘वेक मि अप’ बोलको गीतबाट बिलबोर्ड टप २०० मा चौँथो स्थान हात पार्न सफल भएका थिए ।
उनी फोर्ब्सको सबैभन्दा धेरै आम्दान गर्ने डिजेको सूचीमा शीर्ष पाँचमा स्थान बनाउन सफल भएका थिए ।

तर, करियर उचाईंमा रहेको बेला सन् २०१६ देखि उनले स्वास्थ्यको कारण देखाउँदै सांगीतिक कार्यक्रमहरु गर्न बन्द गरेका थिए ।

अत्याधिक रक्सी सेवनका कारण उनले एक्युट प्यान्क्रियाटिस रहेको थियो भने सन् २०१४ मा उनको पित्ताशय र एपेन्डिस हटाइएको थियो ।

एभिचीको जन्म सन् १९८९ सेप्टेम्बर ८ मा स्टकहोममा भएको थियो । उनले सन् २००७ मा आफ्नो पहिलो एल्बम लञ्च गरेका थिए । तर, सन् २०१० मा उनको ‘सिक ब्रोमान्स’ नामक गीत हिट भएपछि उनले सफलता हासिल गर्न थाले ।

त्यही वर्ष उनले एएमआईसँग सम्झौता पनि गरे ।

सन् २०११ मा उनको ‘लेभल्स’ ग्रामी अवार्डका लागि मनोनयनमा परेको थियो । सन् २०१२ मा डेभिड गुएटासँग कलाबोरेसनमा निकालिएको ‘सनसाइन’ पनि ग्रामी अवार्डको मनोनयनमा पर्न सफल रह्यो । 

सन् २०१३ मा उनको ‘ट्रु’ एल्बममा समावेश गीत ‘वेक मी अप’ बिलबोर्डमा १४ हप्तासम्म नम्बर १ मा रहेको थियो भने लामो समयसम्म विभिन्न देशमा नम्बर १ मा रहन सफल भएको थियो ।

सन् २०१५ मा उनले म्याडोनासँग पनि मिलेर काम गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप