शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

के उत्तर कोरियाले साँच्चै घुँडा टेकेकै हो ? वास्तविकता यस्तो

आइतबार, ०९ वैशाख २०७५, १० : ०४
आइतबार, ०९ वैशाख २०७५

उत्तर कोरियाली शासक किम जोंग–उनले दुई महत्वपूर्ण कूटनीतिक बैठकका लागि तयार हुँदै परमाणु र मिसाइल परिक्षण बन्द गर्ने घोषणा गरेका छन् ।

बीबीसीका विश्लेषक अंकित पाण्ड्याले उत्तर कोरियाको यो कदमबाट के हाँसिल हुन्छ भन्ने जानकारी दिएका छन् ।

किमको उक्त घोषणा पत्रिकाको हेडलाइन बन्नु र त्यसमा परमाणु परिक्षणको अन्त्यको प्रशंसा गरिनु स्वभाविक थियो ।

तर यो मुलुकको ऐतिहासिक रेकर्ड र परमाणु मिसाइल कार्यक्रमको परिस्थितीलाई केलाउने हो भने हामीले जति अपेक्षा गरेका छौं त्यो परिवर्तन गर्नुपर्छ ।

सबैभन्दा पहिले शनिबार आएको उत्तर कोरियाको परमाणु परिक्षण रोक्ने घोषणाको कुरा गरौं ।

उक्त घोषणाका अनुसार किम जोंग उन स्वेच्छाले परमाणु परिक्षणमा विराम लगाउँदै छन् । यसका साथै उत्तर कोरियाले सन् २००६ देखि सबै परमाणु परिक्षणमा प्रयोग गरिएको परमाणु परिक्षण केन्द्रलाई पनि नष्ट गर्ने बताएको छ ।

यस्तो किनभने किम जोंग उनका अनुसार उनको देशले परमाणु हतियारको डिजाइनमा दक्षता हाँसिल गरेको छ ।

यद्यपी, यो दाबीलाई पुष्टि गर्न मुश्किल छ तर यो दाबीलाई शंकाले हेर्नुपर्ने पनि छैन ।

सन् १९९८ ताकाको भारत र पाकिस्तानमा विचार गर्नुहोस् । दुबै मुलुकले ६ परमाणु परिक्षण गरेका थिए ।

अब दुबै देश परमाणु शक्ति सम्पन्न राष्ट्रमा गनिन्छन् जबकी दुबैले ६ परिक्षणपश्चात् अहिलेसम्म कुनै पनि परिक्षण गरेका छैनन् ।

आठ वर्षसम्म परमाणु हतियारको डिजाइनसम्बन्धी अध्ययन गरेपछि  र ६ वटा परिक्षणपश्चात् उत्तर कोरियाले पनि यस्तै महसुस गर्न सक्ला ।

सन् २०१६ र २०१७ को सेप्टेम्बर महिनामा प्रक्षेपण गरिएको उत्तर कोरियाको पाँचौं र छैटौं परिक्षणलाई सुक्ष्म अनुसन्धान गर्दा यसले महत्वपूर्ण मानकलाई छोएको बुझ्न सकिन्छ ।

उत्तर कोरियको सरकारी मिडिया अनुसार सन् २०१६ को परिक्षणमा एक कम्प्याक्ट न्यूक्लियर डिभाइसको प्रयोग गरिएको थियो जसलाई कम, मध्यम, इन्टर मिडियम र इन्टर कन्टिनेन्टल ब्यालेस्टिक मिसाइलमा लगाउन सकिन्छ ।

यो मिसाइलको मारक क्षमता दोस्रो विश्वयुद्धको अन्त्यतिर अमेरिकाले नागासाकीमा खसालेको परमाणु बमभन्दा दुई– तीन गुणा बढी हुनेछ ।

तर उत्तर कोरियाका लागि यति मारक क्षमता पर्याप्त छ ।

यहाँ चिन्ताको विषय यो छ कि उत्तर कोरियाको पछिल्लो परमाणु परिक्षणले यो देशसँग अत्यन्त शक्तिशाली परमाणु हतियार बनाउने क्षमता भएको जानकारी दिन्छ ।

यद्यपी, उत्तर कोरियाले आफूले दाबी गरे अनुसार एक थर्मोन्यूक्लियर बम बनाउने विषयमा सफलता हाँसिल गरे नगरेको कुरामा भने स्वतन्त्र विश्लेषक र थुप्रै राष्ट्रिय गुप्तचर संस्थाले एउटै विचार पस्कन सकेका छैनन् ।

तर सन् २०१७ को सेप्टेम्बर तीन तारिखमा प्राप्त भएको सिस्मिक डेटा अनुसार उत्तर कोरियासँग एउटा शहरलाई तहसनहस गरिदिने परमाणु बम छ ।

मूल कुरा यो हो कि किम जोंग उनको केही समय अघिको चीन यात्रा उनको तर्फबाट शक्ति प्रदर्शनजस्तो थियो ।

उनको चीन यात्राले यो पनि बताउँछ कि उनीसँग उत्तर कोरियामा निकै शक्तिशाली छन् र त उनी देश बाहिर पनि जान सक्छन् ।

त्यसैले उनको परमाणु परिक्षण बन्द गर्ने घोषणा पनि उनको आत्मविश्वासमा एक नयाँ उडानको संकेत हो ।

किम जोन उनका अन्य योजनाः

मिसाइल परिक्षणको सन्दर्भमा किमले अब उनी आउँदा दिनमा इन्टरकन्टिनेन्टल रेन्ज मिसाइल (आइसीबीएम) को परिक्षण गर्ने छैनन् ।

एकातर्फ उनको यो कदम निकै अचम्मित गरिदिने किसिमको छ ।

उत्तर कोरियाले प्रक्षेपण गरेका कुल मिसाइलमध्ये मात्र तीन मिसाइल यस्ता छन् जसले अमेरिकासम्म न्यूक्लियर हमला गर्न सक्छ ।

तीबाहेक अन्य कुनै पनि यस्ता परिक्षण छैनन् जसले परमाणु हमलाका लागि जे जति आवश्यक छन् त्यो पूरा गर्न सकेको छैन ।

वास्तवमा यो परिक्षण उत्तर कोरियाका लागि आवश्यक छ ता कि यसले आफ्नो आत्मविश्वासलाई कायम राख्न सकोस् र अमेरिकामाथि हमला गर्न सक्षम होस् ।

तर उत्तर कोरियासँग अन्य केही योजना पनि हुनसक्छन् ।

उदाहरणका लागि, उत्तर कोरियाले आफूलाई प्रविधिमा यति सम्बृद्ध बनाइसकेको छ कि यसले अमेरिकालाई आतंकित गर्न सक्छ ।

तर उत्तर कोरियाको मिसाइल शक्ति ‘लञ्चर’को कमीका कारण पनि सिमित छ ।

अहिले उत्तर कोरियासँग आफ्नो मिसाइल लञ्चका लागि पाँचवटा मात्र ‘लञ्च भेकल’ छन् ।

सन् २०१७ मा भाषणको क्रममा किम जोंग उनले आफ्नो परमाणु शक्ति पूरा भइसकेको बताएका थिए । यस्तो अवस्थामा उनले अब ‘मिसाइल लञ्चर्स’ बनाउन चाहेको र परमाणु हतियारको नियन्त्रण प्रणालीलाई समृद्ध बनाउन चाहेको कुरामा विश्वास गर्न सकिन्छ ।

गत शनिबार किम जोंग उनले परमाणु परिक्षण रोकेपछि अब उनी एक शक्तिशाली समाजवादी अर्थव्यवस्था बनाउने काममा लाग्ने जसमा मानिसहरुको जीवनस्तर सुधार्ने काम गरिने बताएका थिए ।

अमेरिका र दक्षिण कोरियासँग हुन लागेको शिखर बैठक अघि उनले यस्तो बताएका हुन् ।

तर किम जोंग उनले अमेरिकी राष्ट्रपतिलाई भेट्ने तयारी गरिरहेकै बेला यी सबै किन छोडिदिए ? यो अचम्मको कुरा छ ।

यो प्रश्नको जवाफ सजिलो छ  । अमेरिकी राष्ट्रपतिसँगको बैठक नै आफूमा एक उपहार हो । किनभने किमका बुवा र हजुरबुवाले नै यस्तो सफलता हाँसिल गर्न सकेका थिएनन् ।

तर यो प्रश्न उठ्छ कि उत्तर कोरियाले आफ्नो टेस्ट साइट समाप्त गरेर र परमाणु परिक्षणमाथि प्रतिबन्ध लगाएर आखिर के पाउँछ ? यो सबैको जवाफ एउटै छ – ट्रम्पसँगको भेटघाटबाट जे हाँसिल हुन्छ त्यसको तुलनामा यी केही होइनन् ।

शनिबार केसीएनएको घोषणामा परमाणु मुक्त हुने इशारा थिएन जसका लागि दक्षिण कोरियाली अधिकारी उत्तर कोरियाको तारिफका लागि आतुर थिए ।

त्यस विपरित उक्त घोषणामा उत्तर कोरियाले आफूलाई एक परमाणु सम्पन्न राज्य घोषित गरेको छ र यिनै हतियारले यो देशको अस्तित्वलाई बचाइरहेका कारण हतियार त्याग्न नसक्ने बताइएको छ ।   

यद्यपी, राष्ट्रपति ट्रम्पले किम जोंग उनको पहललाई ठूलो प्रगती बताएका छन् । ट्रम्पले किमको मुख्य उद्देश्यलाई जति चाँडो बुझे त्यती राम्रो हुनेछ ।

अंकित पान्ड्या अमेरिकी वैज्ञानिक संघका वरिष्ठ सदस्य र द डिप्लोमेटमा वरिष्ठ सम्पादक हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप