शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बैशाख १६ गतेदेखि निर्धन उत्थान बैंकको संस्थापक सेयर बिक्री खुला हुने

आइतबार, ०९ वैशाख २०७५, ०९ : ५३
आइतबार, ०९ वैशाख २०७५

काठमाडौँ । निर्धन उत्थान बैंकको संस्थापक सेयरधनी ग्रामिण ट्रष्ट बंगलादेशले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने भएको छ । कम्पनीको संस्थापक समुहतर्फको ३ लाख ५७ हजार ८३.१२ कित्ता सेयर बोल कबोल मार्फत बिक्रि गरिनेछ । 

प्रतिकित्ता न्युनतम ५२३ रुपैयाँका दरले बिक्री खुला गरिने भएकाले बोलपत्र पेश गर्दा सो भन्दा बढी मूल्य तोकेर पेस गर्नुपर्नेछ । यस सेयरका लागि बैंकका अन्य संस्थापक र सर्वसाधारणले बैशाख १६ गतेदेखि जेठ २० गतेसम्म बोलपत्रमार्फत आवेदन दिन सक्ने बिक्री प्रवन्धक एनआइविएल एस क्यापिटलले जनाएको छ ।  

बिक्री प्रबन्धकको कार्यालय लाजिम्पाट र शाखा कार्यालयहरु लगनखेल, चिप्लेढुङ्गा पोरखा,  ट्राफिक चोक बुटवल, आदर्शनगर विरगंज र गोल्चाचोक विराटनगरबाट बोलपत्र फारम भर्न र बुझाउन सकिनेछ ।

यसैगरी इन्भेष्टमेन्ट बैंकको धनगढी, सुर्खेत, नेपालगञ्ज, र नारायणगढ शाखाबाट पनि बोलपब फारम पेश गर्न सकिनेछ । बोलकबोल पेस गर्दा न्युनतम १०० कित्ता र अधिकतम सबै सेयरका लागि आवेदन दिन सक्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप