विद्यार्थीलाई सैनिक तालीम
बाजुरा - बाजुरामा नेपाली सेनाले जिल्लाका ७२ जना विद्यार्थीलाई एक सय दिनको स्वयम्सेवक तालीम बुधबारदेखि सुरु भएकोे छ ।
समरजित गुल्मले जिल्लाका मालिका उच्च मावि, कन्भर्स एकेडमी र बडिमालिका बोडिङ स्कुलका गरी ७२ जना छात्रछात्रालाई स्वयम्सेवक तालीम शुरु गरेको समरजित गुल्मका सेनानी दिवाकर रायमाझीले बताउनुभयो ।
नेतृत्व विकास, राष्ट्रियता, टा«फिक सचेतना, चेलिबेटी बेचबिखन नियन्त्रण, महिला ताथ बालअधिकार र संरक्षणका बारेमा तालीम दिने सेनाले जनाएको छ ।
विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० कक्षाका विद्यार्थीलाई ७९ दिन संस्थागत तालीम र २१ वार्षिक सामूहिक क्याम्प गरी एक सय दिन तालीम दिने बताइएको छ ।
शारीरिक तालीम, ड्रिल, सैनिक कला, हाइकिङ, एरोविक्स, हतियार तालीम तथा फायरिङ साहसिक तालीम दिइने भएको छ ।
त्यस्तै व्यक्तित्व विकास र सांस्कृतिक आदानप्रदान समेत ७९ दिनसम्म दिने भएको छ ।
राष्ट्रिय सेवा दलले युवा जनशक्तिको महत्व र आवश्यकतालाई मनन गर्न र युवा वर्गलाई सङ्गठित गर्न साथै राष्ट्र विकासको अभियानमा युवा वर्गको सहभागिता गराउने उद्देश्यले तालीम सञ्चालन गरिएको सेनानी रायमाझीले जानकारी दिनुभयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभले सुरु गरे केबीसी–१६ को सुटिङ
-
भन्सार छलीको कपडासहित ट्रयाक्टर र पिकअप प्रहरी नियन्त्रणमा
-
जुम्लाका बगैँचामा स्याउ फुल लाग्याे
-
इलाम २ मा उपनिर्वाचनका दिन यातायात बन्द, अन्य तयारी धमाधम
-
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले ‘सुपर ओभर’ मा हरायो सुदूरपश्चिमलाई