शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सार्वजनिक यातायातमा सिन्डिकेट: लचिलो बन्दै सरकार

आइतबार, ०९ वैशाख २०७५, ०६ : ३०
आइतबार, ०९ वैशाख २०७५

काडमाडौं - सार्वजनिक यातायातमा सिन्डिकेट हटाउने निर्णय विरुद्ध आन्दोलनको घोषणा गरेका यातायात व्यवसायीसँग सरकार लचिलो बनेको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले देशभर गाडी नचलाउने निर्णय गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँग भेटेका थिए।

मन्त्री महासेठसँगको भेटका विषयमा यातायात व्यवसायी महासंघका पदाधिकारी अन्नपूर्णसँग बोल्न चोहनन्। उनीहरूले मन्त्री लचिलो भएकाले समस्या केही दिनमै समाधान हुने बताउँदै आएका छन्।

व्यवसायीसँग सरकार लचिलो भएको हो भने प्रश्नमा मन्त्री महासेठले भने ‘ म व्यवसायीसँग लचिलो भएको हो। तर, सिन्डिेट जोगाउन होइन। व्यवसायीको पनि लामो सयमदेखि यो क्षेत्रमा योगदान छ। त्यसैले उनीहरूलाई वार्तामा ल्याउन म लचिलो भएको हो।’

वार्ताबाट नै समाधान खोज्न सकिन्छ। यातयात व्यवस्था विभागले गत चैत १८ गते ल्याएको यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को संशोधन खारेजीका लागि सरकार लचिलो नभएको उनको भनाइ छ। तर, नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले भने मन्त्रीसँग भेटेर विभागले ल्याएको निर्देशिका खारेजी गर्दै व्यवसायीलाई पनि केही समय दिनुपर्ने भन्दै ज्ञापनपत्र बुझाएका थिए।

‘सरकार व्यवसायीसँग वार्तामा बस्न तयार छ’, मन्त्री महासेठले भने, ‘ सिन्डिेकटको अन्त्य र कम्पनी मोडलबाट मात्रै सवारी रुट दिने विषय विपरीत सम्झौता हुँदैन।’ सरकार व्यवसायीसँग यी दुई बाहेक अन्य विषयमा भने छलफल गर्न तयार रहेको मन्त्रीको भनाइ छ। बरु सरकारले कर छुट र पूर्वाधार विकासमा लचिलो हुन सक्ने मन्त्री बताउँछन्।

‘व्यवसायीलाई समितिका नामका सञ्चालन भएका सवारीलाई कम्पनी वा फममार्फत पञ्जीकृत हुँदै रुट इजाजत गर्ने सयम तीन महिनाको दिएका छ। यो काम १५ दिनमा नै हुने काम हो’, मन्त्री महासेठले भने। व्यवसायीले भने मन्त्री महासेठलाई भेटेर केही समय थप गरिदिन आग्रह गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप