बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मलेसियामा गएको ३ महिनामा मृत्यु

शनिबार, ०८ वैशाख २०७५, १९ : ००
शनिबार, ०८ वैशाख २०७५

बेशीशहर । दूधपोखरी गाउँपालिका १–दूधपोखरीको डाँडागाउँका २१ वर्षीय कुमार गुरुङको मलेसियामा मृत्यु भएको छ । उनी राजधानी क्वालालाम्पुरस्थित मिसन फुड कम्पनीमा काम गर्थे ।

रोजगारीको लागि घरबाट मलेसिया गएको ३ महिनामै उनको मृत्यु भएको हो । शुक्रबार बिहान मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । पारिवारिक स्रोतका अनुसार उनी गत माघ ११ गतेमात्रै काठमाडौंबाट मलेसिया गएका थिए ।

दूधपोखरीस्थित बाघभैरव प्राविका शिक्षक इमानसिंह गुरुङका अनुसार उक्त घटना शुक्रबार साँझ मात्रै थाहा भएको र शनिबार बिहान मात्रै परिवारलाई भनिएको थियो । उनका अनुसार कुमारसँगै ६ जना नेपाली कामदार बस्थे । 

उनीहरुले बताएअनुसार बिहान ड्युटीमा सँगै गएको र सञ्चो नभएको भनी कुमार बीचबाटोबाटै कोठामा फर्केका थिए । दिउँसो खाना खान आउने समयमा कुमार शौचालयमा मृत अवस्थामा भेटिएको उनीसँगै बसेका नेपाली कामदारले बताएको शिक्षक गुरुङले बताए ।

कमाउन विदेश गएका छोराको निधनपछि उनका बुवाआमासँगै स्थानीय शोकमा डुबेको स्थानीय कुमारी गुरुङले बताइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप