नगरपालिका प्रमुखमाथि आक्रमण, अस्पतालमा उपचार हुँदै
शनिबार, ०८ वैशाख २०७५, १८ : ५१
-हेमराज ढकाल
भक्तपुर । मध्यपुर थिमि नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठमा आक्रमण भएको छ ।
मध्यपुरथिमिको वडा नम्बर ३ रहेको उनको घर नजिकै उनीमाथि अज्ञात समूहले आक्रमण गरेको नेकपा एमाले भक्तपुरका कार्यवहाक अध्यक्ष वचन देउजाले जानकारी दिएका छन् ।
उनी सवार गाडीमा तोडफोड गरि आक्रमण गर्दा उनको हात र खुट्टामा चोट लागेको छ । नगर प्रमुख श्रेष्ठको हाल मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।
घटनाको थप विवरण आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ