शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गोविन्द केसीको नेतृत्वमा माइतीघर मण्डलामा प्रदर्शन

शनिबार, ०८ वैशाख २०७५, १६ : ४०
शनिबार, ०८ वैशाख २०७५

काठमाडौं–सरकारले प्रर्दशनका लागि निश्चित स्थान तोकेको विरोधमा नागरिक अगुवाले राजधानीको माईतीघर मण्डलामा प्रर्दशन गरेका छन् । 

डाक्टर गोविन्द केसीको नेतृत्वमा शनिबार राजधानीको माईतीघर मण्डलामा विरोध प्रर्दशन भएको हो । 

राजधानीको माईतीघर मण्डला लगायतका स्थानलाई निषेधित क्षेत्र घोषणा गर्दै सरकारले प्रर्दशन, सभा लगायत कार्यक्रमका लागि अन्य विभिन्न ७ स्थान तोकेपछि सो निर्णयको विरोध गरिएको हो । 
‘ओली सरकार खबरदार, मौलिक हकमा किन प्रहार, नागरिक स्वतन्त्रतामा अतिक्रमण बन्द गर’ लगायत नारा सहितका प्लेकार्ड बोकेका प्रर्दशनकारीले मण्डला परिसरमा केही समय सरकार विरोधी नारा पनि लगाए ।

 प्ले कार्ड सहित प्रर्दशनको नेतृत्व गरेका डाक्टर केसीले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता हनन गर्ने काम गरेकोमा आपत्ती जनाए । 

प्रर्दशनकारी उज्वल राणाले विगतमा निश्चित स्थानलाई मात्रै निषेधित क्षेत्र घोषणा गर्ने सरकारले अहिले सबै स्थानमा रोक लगाउदै प्रर्दशन, सभाका लागि निश्चित स्थान तोक्नुले पञ्चायत र राणा शासन भन्दा पनि बढी निरंकुश बन्दै गएको स्पष्ट भएको बताए ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले बैशाख १६ गते देखि लागू हुने गरी २ गते सूचना जारी गर्दै खुल्लामञ्च, तिनकुने खुल्ला चौर कोटेश्वर,भुईखेल चौर भगवान पाउ,पेप्सीकोला खेल मैदान, सानो गौचरण फुटबल, लैनचौर समाजकल्याण परिषद् अगाडिको खुल्ला स्थान र सिफल चौर गौशाला बाहेकका स्थानमा सभा, प्रर्दशन गर्न रोक लगाईएको जनाएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप