शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीले नेपालमा एकदलीय शासन चलाउने अभ्यास सुरु गरेः देउवा

शनिबार, ०८ वैशाख २०७५, १४ : ४३
शनिबार, ०८ वैशाख २०७५

काठमाडौं–नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले ओली ओली नेतृत्वको वर्तमान सरकारले नेपालमा एकदलीय शासन चलाउने अभ्यास सुरु गरेको आरोप लगाएका छन् । 

राष्ट्रियसभा गृहमा शनिबार आयोजित नेपाली कांग्रेसको काठमाण्डौ जिल्ला भेलालाई सम्बोधन गर्दै सभापति देउवाले फेरी एकपटक नेपालमा एकदलिय शासन चलाउने अभ्यासमा सरकार लागेको भन्दै प्रतिकारमा एक ढिक्का हुन कार्यकर्तालाई निर्देशन दिए । 

  यसअघि स्वायक्त निकायका रुपमा रहेका सम्पत्ति सुद्धिकरण, गुप्तचर संयन्त्र लगायतलाई प्रधानमन्त्री केपी ओलीले आफू मातहत राखेको विषयप्रति लक्षित गर्दै सभापति देउवाले सबै अधिकार आफुमा निहित गराई सरकारले अधिनायवादी शासन सुरु गर्ने संकेत दिएको दाबी गरे । 


सभापति देउवाले एक अर्कालाई आरोप प्रत्यारोप गर्ने क्रम छोडेर अधिनायवादी सरकार विरुद्ध एकजुट हुन सम्पुर्ण युवा शक्तिलाई आह्वान समेत गरे । 

सभापति देउवाले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने गरि संगठन सुदृढीकरणमा लाग्न युवा शक्तिलाई निर्देशन पनि दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप